News Portal

  • करिब १० गुणा मत ल्याएर नेमकिपाका गोसाई निर्वाचित

    निशा कुस्माभक्तपुर, ८ मंसिर २०७९
    १२०५ पटक
    भक्तपुर, ८ मंसिर २०७९

    भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र नं. १ भक्तपुर नगर क्षेत्रमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार सुरेन्द्रराज गोसाई अत्याधिक धेरै मतको अन्तरले विजयी बनेका छन् । उनी करिब १० गुणा बढी मतले बिजयी बनेका हुन् ।

    पार्टीको जिल्ला अध्यक्ष समेत रहेका गोसाईंले निकटतम प्रतिष्पर्धी भन्दा करिब १० गुणा बढी मत ल्याएका मुख्य निवाच्क्क्षन अधिकृतको कार्यालयले जनाएको छ । बिहीवार सम्पन्न अन्तिम मतगणनाको नतिजा अनुसार गोसाईले २९ हजार ७ सय ४ मत प्राप्त गरेका छन्।

    उनका निकटत्तम प्रतिष्पर्धी लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका पवन भुजुले ३ हजार १ सय ६१ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार नारायणसुन्दर सिन्तकलाले २ हजार ४ सय २८, राप्रपाका रोशन नापितले १ हजार ९ सय ५ मत प्राप्त गरेका बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...