News Portal

  • खेलकुद शिक्षाको अभिन्न अंग हो: नेमकिपा अध्यक्ष बिजुक्छेँ

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ६ पुस २०७९
    ३६० पटक
    भक्तपुर, ६ पुस २०७९

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । सो खेलकुद प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले गरेका हुन् ।

     

    अध्यक्ष बिजुक्छेँले कार्यक्रम पूर्ण सफलताको कामना गर्दै खेलकुद शिक्षाको अभिन्न अंग भएको बताएका छन् । स्वास्थ्य, अनुशासन, देशको स्वतन्त्रता र सार्वभौमिकता रक्षाको निम्ति खेलाडीहरु खेलकुदमा सहभागी हुनुपर्ने उल्लेख गरे । खेलकुद क्षेत्रलाई राजनीतिसँग अलग गर्न नहुने बताउँदै अध्यक्ष बिजुक्छेँले समाजवादी देश क्युवा खेलकुदमा धेरै प्रगति गरेको सम्झीए ।

    अध्यक्ष बिजुक्छेँले विद्यालय तहदेखि नै विद्यार्थीहरुलाई राम्रोसँग प्रशिक्षित गर्न सके राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने तर्क प्रस्तुत गरे ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरबाटै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी, रेफ्रीहरु तयार गर्ने भक्तपुर नपाको उद्देश्य रहेको बताएका छन् । खेलकुदमा भाग लिनु मनोरञ्जनको लागि मात्र नभई अनुशासन र मित्रताको लागि समेत भएको उनले दावा गरेका छन् । खेलकुद विकासको लागि भक्तपुरको लिबालीमा खेलकुद कभर्ड हल निर्माण सम्पन्न भइ चालु अवस्थामा रहेको जानकारी गराउँदै हाल भनपा १० मा बेखाल कभर्ड हल निर्माणाधीन अवस्थामा रहेको र माहेश्वरी खेलमैदान र सहिदस्मृति खेलमैदान निर्माण प्रक्रियामै रहेको अवगत गराए ।

    बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले विद्यालय जीवनमा पढाइसँगसँगै खेल र सिर्जनात्मक गतिविधि अत्यन्त महत्वपूर्ण हुने बताउनुहुँदै खेलकुद क्षेत्रलाई अझ फराकिलो बनाउँदै लानुपर्ने आवश्यकता औंल्याए । खेलकुद सर्वसाधारणका छोराछोरीको अधिकारको विषय बनाइनुपर्नेमा जोड दिंदै उनले वास्तविक प्रजातन्त्र उपभोग गर्न शिक्षा, स्वास्थ्य र खेलकुदलाई विद्यार्थीहरुको अधिकारको विषय बनाइनुपर्ने विषयमा विद्यालय कलेजहरुमा छलफलको विषय बनाइ शिक्षित बनाउनुपर्ने बताए ।

    त्यस्तै उपप्रमुख रजनी जोशीले खेलकुदमा हारजित स्वाभाविक भएको बताए । उनले अनुशासन र मित्रताको लागि खेलकुदमा सहभागी हुन खेलाडीहरुलाई हौसला प्रदान गरे ।

    भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष तथा भक्तपुर नपा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा भलिबल, टेबुलटेनिस, उसु, पोर्टबल, कबड्डी, तेक्वाण्डो, कराँते, एथ्लेटिक्स, ब्याडमिन्टन, जिम्नास्टिक, फुटसल, खोखो, बुद्धिचाल, कसिमला पाँय् गरी १३ ओटा खेलका लागि प्रतिस्पर्धा हुने जानकारी गराए ।

    कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, भक्तपुर जिल्ला कबड्डी संघका अध्यक्ष विनोद प्रजापति, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापा र भनपा ८ वडा सदस्य रामसुन्दर बासीले खेलकुदको महत्वबारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

    प्रतियोगिताको उद्घाटन कार्यक्रमअघि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, खेलकुद संस्थाका पदाधिकारी, विभिन्न बाजा टोली, नपाका कर्मचारीलगायत खेलप्रेमीहरुको उपस्थितिमा र्यालीसहित सुरु भएको थियो । दत्तात्रयबाट सुरु भएको उद्घाटन र्याली गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो हुँदै सहिदस्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो ।

    उद्घाटन कार्यक्रममा निर्णायकका तर्फबाट भलिबल खेलका राष्ट्रिय रेफ्री रुकेश शाही, प्रशिक्षकको तर्फबाट बासु माविका पुनेन्द्रप्रसाद कुसी र खेलाडीको तर्फबाट विद्यार्थी रितिका महर्जनले खेललाई मर्यादित, व्यवस्थित र अनुशासित ढंगले सञ्चालन गर्न शपथ ग्रहण गर्नुभएको थियो भने सोही समारोहमा खेलाडीहरुले जिम्नास्टिक खेलको कौसल प्रस्तुत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...