News Portal

  • मंगलवारबाट फिजम-ग्रामर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता हुँदै

    भक्तपुर, ९ माघ २०७९
    ४३१ पटक
    भक्तपुर, ९ माघ २०७९

    संस्थागत विद्यालयहरुको एक समुह फिजमले अन्तर विद्यालय फुटबल प्रतियोगितालाई निरन्तरता दिंदै १० औं पटक फुटबल प्रतियोगिता गर्ने भएको छ । फिजमले पत्रकार सम्मेलन मार्फत मंगलवारबाट फिजम-ग्रामर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता शुरु हुने जनाएको हो ।

    प्रतियोगितामा १६ विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ । संयोजक सुनिल केसीले जनाए अनुसार प्रतियोगितामा नेपाल तारा स्कुल पेप्सीकोला, नेक्सस इन्टरनेशनल एकेडेमी पेप्सीकोला, मोनाष्टिक पब्लिक इंग्लिस स्कुल कागेश्वरी मनोहरा, भिमेश्वर एकेडेमी पेप्सीकोला, ग्रामर पब्लिक स्कुल कोटेश्वर, न्यु भिजन एकेडेमी कोटेश्वर, काम्यक स्कुल बागबजार, माउण्ट सेब स्कुल नरेफाँट, स्वर्णिम तारा विद्या सदन कोटेश्वर, विश्व विद्या मन्दिर ललितपुर, लाईसियम प्याराडाइज एकेडेमी पेप्सीकोला, दिपिका स्कुल कोटेश्वर, अर्किड प्युपल इंग्लिस स्कुल कागेश्वरी मनोहरा, ग्लोबल पब्लिक स्कुल पेप्सीकोला, बेस्ट ग्रुप भिजन इंग्लिस स्कुल पेप्सीकोला र हेब्रोन पब्लिक स्कुल कोटेश्वरको सहभागिता रहने छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी नकआउटका आधारमा प्रतियोगिता सञ्चालन हुने समेत बताइएको छ ।

    सानोथिमिस्थित मध्यपुर युथ एशोसियसनको मैदानमा हुने प्रतियोगिताका विजयी टोलीले आकर्षक ट्रफी, प्रमाणपत्र, मेडल र नगद पुरस्कार प्राप्त गर्ने आयोजकको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...