News Portal

  • चाँगुनारायणमा पहिलोपटक राष्ट्रपति रनिङ शिल्ड : ९ सय विद्यार्थी सहभागी

    हरिसुन्दर छुकांभक्तपुर, १५ माघ २०७९
    ५२५ पटक
    भक्तपुर, १५ माघ २०७९

    भक्तपुर । चाँगुनारायण नगरपालिकाले पहिलोपटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेको छ ।
    विभिन्न कारण यसअघिको कार्यकालमा हुन नसकेको सो प्रतियोगिता यो वर्षबाट सुरू भएको हो । सो प्रतियोगिताको उद्घाटन नगर प्रमुख जीवन खत्रीले झण्डोत्तोलन गरि गरेका थिए । सो अवसरमा उनले विद्यार्थीको शारीरिक र बौद्विक क्षमता अभिवृद्धिका लागि खेलकुदले सहयोग पुर्याउने बताए ।
    खेलले विद्यार्थीलाई आत्म अनुशासनमा राख्नेमात्र नभई आत्मविश्वास बढाउन र धैर्य गर्न सिकाउने भएको चर्चा गर्दै नगरपालिकाले खेलकुदका पूर्वाधार अभावका बाबजुद पनि प्रतियोगिता गरिएको बताए ।
    प्रतियोगितामा तेक्वान्दो, उशु, लङजम्प, सटपुट, ट्रिपल जम्प, कराँते, हाइजम्प, ज्याभलिन थ्रो, दौड, रिले दौड, भलिबल र कबड्डी खेल समावेश गरिएका छन् ।
    प्रतियोगितामा ३१ विद्यालयका २८९ छात्र , १८९ छात्रा गरि ८६४ जना खेलाडीले सहभागीता जनाएको सो कार्यक्रमका संयोजक एवम् शिक्षा तथा खेलकुद शाखा प्रमुख वीरबहादुर खड्काले जानकारी दिए ।
    माघ १८ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताका लागि नगर खेलकुद समिति, जिल्ला खेलकुद विकास समिति तथा राष्ट्रिय खेलकुद परिषद्को सहयोग रहेको छ ।
    शाखा प्रमुख खड्काले खेलकुद विश्वको नयाँ आकर्षण बन्दै गरेको र खेलमार्फत पनि भविष्य बनाउन सकिने जनाउँदै खेलकुदमार्फत चाँगुनारायणको थप परिचय निर्माणका लागि नगरपालिकाले नीति तथा कार्यक्रममै खेलकुदलाई प्राथमिकता राखेको बताए ।
    कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र दाहालले नगरपालिकाको प्रयासको सराहना गरे । उनले खेलले विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुग्ने भएकाले खेलकुदलाई स्थानीय तहले मात्र नभइ विद्यालयले समेत प्राथमिकता दिन सुझाव दिए ।
    सोही अवसरमा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, नगरपालिकाका प्रवक्ता जनक खत्री, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रजीत केसीलगायतले शुभकामना दिएका थिए ।
    प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र दिने कार्यक्रम संचालक रञ्जना सापकोटाले बताइन् ।
    कार्यक्रममा चाँगुनारायण नगर खेलकुद समितिका अध्यक्ष रघु केसीले राष्ट्रपति रनिङ शिल्डको आयोजनाले विद्यार्थी तथा शिक्षकहरुमा नयाँ खाले उर्जा मिलेको बताउँदै नगरपालिकाले सो कार्यलाई निरन्तरता दिने बताए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...