News Portal

  • खेल र खेलाडीहरुको क्षमता अभिबृद्धिका लागि राष्ट्रपति रनिङ शिल्ड

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ माघ २०७९
    ८८३ पटक
     भक्तपुर, २३ माघ २०७९

    मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले खेलकुदको विकासलाई प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको बताउँदैं विद्यालयस्तरबाटै खेल र खेलाडीहरुको क्षमता अभिबृद्धिका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुरुवात गरेको बताएका छन् । आइतबार मध्यपुर थिमि नगरव्यापी प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

    नगरपालिकाले खेलाडी उत्पादन गर्ने उद्देश्यले विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आइरहेको जानकारी उनले दिए । प्रमुख श्रेष्ठले नगर खेलकुद विकास समिति गठन गरी खेल क्षेत्रलाई थप व्यस्थित गर्दै लैजाने प्रतिवद्धता समेत ह्जनाएका छन् ।

    खेलकुदमा पोख्त विद्यार्थी पढाईमा पनि पोख्त हुने उल्लेख गर्दै खेलले मानिसलाई अनुशासित बनाउने र राष्ट्र प्रति जिम्मेवार नागरिक उत्पादन गर्ने उनको भनाइ छ ।

    मध्यपुर थिमि नगरव्यापी प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा नगरका ३२ विद्यालयका ७८० जना छात्रछात्राको सहभागिता रहेको छ ।

    प्रतियोगितामा भलिबल छात्र/छात्रा, कब्बडी छात्र/छात्रा, एथलेटिक्सतर्फ १५०० मिटर दौड छात्र/छात्रा, ३००० मिटर दौड छात्र/छात्रा, त्रिपलजम्प छात्र/छात्रा, सटपुट छात्र/छात्रा, हाइजम्प छात्र/छात्रा, लम्पजम्प छात्र/छात्रा, ज्याभलिन थ्रो छात्र/छात्रा, रिले दौड ४ गुणा ४०० मिटर छात्र/छात्रा, ४ गुणा १०० मिटर दौड छात्र/छात्रा, ८०० मिटर दौड छात्र/छात्रा र मार्सल आर्टतर्फ कराँते, उसु र जिम्न्यास्टिकमा प्रतिष्पर्धा हुनेछ ।

    प्रतियोगितामा पदक संख्याका आधारमा विजेता विद्यालयको छनोट हुने नगरपालिकाले जनाएको छ । विजेता विद्यालयलाई आकर्षक शिल्ड प्रदान गरिनेछ । त्यसैगरी प्रत्येक खेल र खेलका विभिन्न स्पर्धामा प्रथम, द्धितिय र तृतिय हुने खेलाडीहरुलाई पदक र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता माघ २४ गतेसम्म सञ्चालन हुनेछ ।

    प्रतियोगिताका खेलहरु एसओएस हर्मन ग्रामर सेकेन्डरी, बोडे मावि, सानो थिमिस्थित मध्यपुर खेल मैदान, निलबाराही बैंक्वेटमा हुनेछ ।

    उपप्रमुख विजयकृष्ण श्रेष्ठले पहिलो पटक आयोजना गरिएको मध्यपुर थिमि नगरव्यापी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यालय र विद्यार्थीहरुको सहभागी संख्याले नगरपालिकालाई हौसला प्रदान गरेको बताएका छन् ।

    उनले भविष्यका उत्कृष्ट खेलाडी र कर्णधार भनेका आजका बालबालिका भएकाले उनीहरु भित्र रहेको प्रतिभा प्रस्फुटन गराउन यस्ता प्रतियोगिताहरु नगरपालिकाले निरन्तर सञ्चालन गर्दै जाने प्रतिवद्धता जनाए । खेलकुदले बौद्धिक र सक्षम नागरिक तयार गर्ने चर्चा गर्दै उनले खेलकुद मार्फत मध्यपुर थिमिको पहिचान स्थापित गराउने नगरपालिकाको उद्देश्य रहेको समेत बताए ।

    कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक श्रेष्ठले मध्यपुर थिमि नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डको शुरुवात गरेर खेलक्षेत्रमा ठूलो योगदान दिएको भन्दै प्रशंसा गरे । उनले प्रतियोगिताको तयारी छोटो समयमा भएकाले केही प्राविधिक समस्या देखिएपनि सहभागी विद्यार्थी र विद्यालयको संख्याले प्रतियोगिता भव्य रुपमा सफल हुने विश्वास व्यक्त गरेका छन् ।

    आयोजक समितिका सदस्य एवम् वडा नं. २ का वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठले आगामी दिनमा थप व्यस्थित र परिष्कृत गर्दै प्रतियोगिता सञ्चालन गर्दै जाने बताए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...