News Portal

  • अन्तरनगर खो खो प्रतियोगितामा बर्दियाको ठाकुरबाबा प्रथम

    निराजन सिलवालभक्तपुर, ९ फागुन २०७९
    ६२१ पटक
    भक्तपुर, ९ फागुन २०७९

    भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तरनगर खो खो प्रतियोगितामा बर्दियाको ठाकुरबाबा नगरपालिका प्रथम भएको छ । अन्तिम प्रतिस्पर्धामा काठमाडौंको किर्तिपुर नगरपालिकालाई पराजित गर्दै ठाकुरबाबाले पहिलो स्थान प्राप्त गरेको हो ।

    भक्तपुर नगरपालिकाले शहिद दिवसको अवसर पारेर फागुन ५ गतेदेखि ९ गतेसम्म अन्तरनगर खो खो प्रतियोगिता संचालन गरेको थियो । प्रतियोगितामा १४ वटा टीम सहभागी रहेका थिए ।

    मंगलवार बिजयी खेलाडीलाई पुरस्कार वितरण गर्दै प्रतियोगिता सम्पन्न भएको भनपा वडा नं. १ का वडाध्यक्ष एवं युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले जानकारी गराए । प्रमुख अतिथि रहेका संघीय सांसद प्रेम सुवालले बिजेता ठाकुरबाबालाई १ लाख ५० हजार, दोस्रो हुने किर्तिपुर नगरपालिकालाई ट्रोफी र रु. १ लाख तथा तेस्रो हुने धनगढी उपमहानगरपालिकालाई ट्रोफी र रु. ५० हजार नगद पुरस्कारका साथै खेलाडीहरुलाई पदक प्रदान गरेका थिए ।

    उक्त अवसरमा सांसद सुवालले खेलकुदलाई संविधानमै उल्लेख गरी मौलिक हकमा समावेश गर्नुपर्ने र १८ वर्षभन्दा माथिका हरेक नागरिकलाई अनिवार्य सैनिक तालिमको व्यववस्था गर्नुपर्नेमा जोड दिए । नेमकिपाका सचिव समेत रहेका सांसद सुवालले देशका विभिन्न ठाउँहरुमा सीमा अतिक्रमण भइरहेको तथा लिम्पियाधुरा, लिपुलेक र कालापानीमा अहिलेसम्म पनि नेपाली सैनिक र प्रहरी नपुगेको उल्लेख गर्दै देशको सीमा तथा सार्वभौमिकता रक्षा गर्न खेलाडीहरुको योगदानको अपेक्षा गरे । प्रमुख अतिथि सुवालले खेलाडीहरुले खेलको नियम पालना गरी अनुशासित खेल खेलेझैं नेताहरुलाई राजनीतिक अनुशासन सिकाउनपर्ने आवश्यकता औल्याएका थिए ।

    कार्यक्रमका सभापति रहेका भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालको पुरानाे खेल भएपनि खो खो खेलले नेपालमा त्यति ठुलो परिचय स्थापित गर्न नसकेको भन्दै  प्रतियोगिताले खो खो खेलको बिकासमा योगदान गरेको बताए । खो खो खेल प्रतियोगिताले राष्ट्रिय र अन्तर्राष्ट्रिय खो खो खेलाडी उत्पादन गर्न सहयोग पुग्ने प्रमुख प्रजापतिले बिश्वास व्यक्त गरेका थिए । उनले बिजयी नभए पनि खेलमा सहभागी भएका सबै समुहलाई नगरपालिकाको तर्फबाट मायाको चिनो र नगद रु. ५ हजार पुरस्कार प्रदान गर्दै हौसला बढाए ।

    कार्यक्रममा बागमती प्रदेशकी सांसद सृजना सैंजु, किर्तिपुर नगरपालिकाकी उपप्रमुख सुनिता शाक्य, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी लगायतले  प्रतियोगिताको महत्वमाथि प्रकाश पारेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...