News Portal

  • भक्तपुर क्रिकेट संघमा डा पाण्डेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित

    केतिक्षा बस्नेत भक्तपुर, २९ साउन २०८०
    १५२९ पटक
    भक्तपुर, २९ साउन २०८०

    भक्तपुर जिल्ला क्रिकेट संघमा अधिवेशनबाट नेतृत्व चयन भएको छ । सोमबार सम्पन्न पहिलो जिल्ला अधिवेशनबाट डा. मनिषराज पाण्डेको अध्यक्षतामा १५ सदस्यीय भक्तपुर जिल्ला क्रीकेट संघको कार्यसमिति निर्वाचित भएको हो ।

    कार्यसमितिको सबै पदाधिकारीसहित ७ जना सदस्यमा समेत अध्यक्ष पाण्डेकै प्यानल निर्वाचित भएको छ । उपाध्यक्षमा धर्मसुन्दर शाक्य, सचिवमा संजय बस्नेत र कोषाध्यक्षमा कवि खागी निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा क्रमशः सुरजरत्न शाक्य, स्वस्तिका पौडेल, रोम श्रेष्ठ, बुद्धिराम तामाङ, राजेशकुमार ठाकुर, अभय राणा, नगेन्द्र भट्टराई, सुरजरत्न शाक्य, रत्नहरी प्रधानाङ्ग,सुमन रन्जित र मधुराज शर्मा निर्वाचित भएका छन् ।

    महिला सदस्यमा निरा राजोपाध्याय निर्विरोध निर्वाचित भएकी छन् । रुपक रन्जितको नेतृत्वको प्यानल बाट निर्वाचनमा उम्मेदवार रहेकामा सदस्यहरु प्रधानाङ्ग, रन्जित र शर्मा मात्र निर्वाचित हुन सफल भएका छन् ।

                                                         

     नवनिर्वाचित कार्यसमितिलाई बधाई र शुभकामना दिन नेपाली राष्टि्य क्रीकेट टोलीका पूर्व कप्तान पारश खड्का भक्तपुर आएका थिए । उक्त अवसरमा बागमती प्रदेश खेलकुद परिषदका सदस्य श्रीभक्त काशिछवा, वाइसीएलका केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज नरेश रन्जित, युवा परिषदका प्रदेश सदस्य राजु कुटु, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य छुम्पी लामा लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेका छन् ।

           

    नवनिर्वाचित कार्यसमितिलाई भक्तपुरका सस्थापक सचिव अशोकरत्न शाक्यले नेवा: परम्परा अनुसार सगुन प्रदान गरेका थिए । नवनिर्वाचित अध्यक्ष डा पाण्डेले आफ्नो नेतृत्वमा सबैलाई मिलाएर अघि बढ्ने बताउदै भक्तपुर क्रिकेटको बिकासमा आफ्नो कार्यकाल ऐतिहासिक हुने दावी गरेका छन्  ।

    twitter sharing button
    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...