News Portal

  • भवन उद्घाटन गर्न चाँगुनारायणका सवै सेवा ठप्प, आएनन् राष्ट्रपति पौडेल

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २९ मंसिर २०८०
    ५३९ पटक
    chagu bhawanभक्तपुर, २९ मंसिर २०८०

    भक्तपुरको चाँगुनारायण नगरपालिकाले प्रशासकीय भवन उद्घाटन गर्न सेवा ठप्प पारेको छ । शुक्रवार नगरपालिकाको कार्यालय भवन उद्घाटन गर्न सेवा ठप्प पारिएको हो ।

    नगरपालिका र वडाले दिने सेवा मात्र होइन, भवन उद्घाटन गर्न स्वास्थ्य संस्था र विद्यालय समेत बन्द गरिएको छ । विद्यार्थी र शिक्षकलाई सहभागिताको लागि उर्दी गरिएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले नवनिर्मित भवनको उद्घाटन गर्ने तयारी गरेपनि उनी आएनन । बिबादित जमिनमा भवन बनेका कारण राष्ट्रपति पौडेलले आउन इन्कार गरेका श्रोतले जनाएको छ । उनी नआउने जानकारी पाएको नगरपालिकाले नगर प्रमुख जीवन खत्री बाटै प्रशासकीय भवन उद्घाटनको तयारी गरेको छ । भक्तपुरकी सिडिओ रोशनी श्रेष्ठ उद्घाटन समारोहमा उपस्थित रहेपनि भवन शिलान्यास गरेका पूर्व नगर प्रमुख सोमप्रसाद मिश्र र पूर्व उपप्रमुख बिना बास्तोला समेत कार्यक्रममा अनुपस्थित रहेका छन् ।

    नगरपालिकाका सबै नागरिकलाई निम्ता गरिएको उद्घाटन कार्यक्रममा उपस्थिति उत्साहजनक छैन । सबै राजनीतिक दलका प्रतिनिधि र स्थानीय सामाजिक संघसंथाका प्रतिनिधिको पनि उपस्थिति देखिएको छैन । आफूहरूको जमिन अनधिकृत कब्जा गरी नगरपालिकाले भवन निर्माण गरेको र अदालतको आदेश समेत उल्लंघन गरिएको जिकिर गर्दै जीवन ढुङ्गानाले राष्ट्रपतिलाई अबैध संरचनाको उद्घाटनमा सहभागी नहुन अपिल गरेका थिए । भक्तपुर  पोष्टले जग्गा बिबादबारे समाचार प्रकाशन गरेको थियो ।                                            यो पनि

    पंचायतको न्याय गणतन्त्रमा गायव, चाँगुको बिबादित भवनमा जोडिदै राष्ट्रपति पौडेल

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...