News Portal

  • भक्तपुरको सैनिक स्कूलले जित्यो आइजीपी रनिङ ट्रफी

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ६ पुस २०८०
    ७४० पटक
    भक्तपुर, ६ पुस २०८०

    आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०८० को उपाधी भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय स्कूलले जितेको छ । शुक्रवार सम्पन्न अन्तिम खेलमा सर्बोत्कृष्ट हुँदै सल्लाघारीस्थित सैनिक स्कूलले उपाधी जितेको हो ।

    फाइनल खेलमा सैनिक आवासीय स्कूल भक्तपुरले ल्याबोरेटोरी स्कूल कीर्तिपुरलाई टाइबेकरमा हराएको थियो । सैनिक आवासीय स्कूलले ल्याबोरेटोरीलाई ३-० गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि टाइबेकरमा खेलाइएको थियो ।

    प्रतियोगितामा सैनिक आवासीय भक्तपुरको टीम प्रथम, ल्याबोरेटोरी स्कूल कीर्तिपुर टीम द्वितीय र नेपाल पुलिस स्कूल साँगा ‘ए’ टीम तृतीय भएका छन् । प्रतियोगितामा प्रथम हुने टीमले ५० हजार, द्वितीय हुने टीमले ४० हजार र तृतीय हुने टीमले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

    मंसिर २० गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा नेपाल पुलिस स्कूल साँगाका ‘ए’ र ‘बि’ टीम, नेपाल पुलिस स्कूल धरान र सामाखुसी, सैनिक आवासीय महाविद्यालय, सशस्त्र प्रहरी विद्यालय लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १६ विद्यालयका १७ टीमको सहभागिता रहेको थियो ।

    कार्यक्रममा पुरस्कार वितरण गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले खेलकुदले विद्यार्थीहरूको प्रतिभालाई प्रष्फुटन गर्नुको साथै रचनात्मक तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने बिश्वास व्यक्त गरे । विज्ञान र प्रविधिको आजको युगमा शैक्षिक गतिविधिलाई समयसापेक्ष, व्यवहारिक बनाउने शैक्षिक वातावरण बनाउन समेत उनले निर्देशन दिएका छन् ।

    कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य, काभ्रे जिल्लाकी प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्मा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी अधिकृतहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, शिक्षक तथा विद्यार्थीहरु, अभिभावक, स्थानीय वासिन्दा, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...