News Portal

  • आदर्श माविले उचाल्यो मध्यपुर थिमि स्तरीय राष्ट्रपति रनिङ शिल्ड

    भक्तपुर पोष्ट संवाददाता मध्यपुर थिमि, ८ पुस २०८०
    ३५७ पटक
    मध्यपुर थिमि, ८ पुस २०८०

    सानोठिमी स्थित आदर्श माध्यमिक विद्यालयले मध्यपुर थिमि नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड जितेको छ । खेलकुद प्रतियोगिताको च्याम्पियन बन्दै आदर्शले राष्ट्रपति रनिङ शिल्ड उचालेको हो ।

    मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा आदर्श माविले १० स्वर्ण, ७ रजत र ९ कास्यसहित कुल २६ पदकका साथ च्याम्पियन बनेपछि प्रतियोगिताको प्रमुख आकर्षणको रुपमा रहेको राष्ट्रपति रनिङ शिल्ड हात पार्न सफल भएको शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र प्रसाद भट्टले जनाएका छन् । आदर्श माविले सानो थिमीले एथलेटिक्समा ७ स्वर्ण, मार्सल आर्टसतर्फ तेक्वान्दोमा १ स्वर्ण, छात्रा भलिबलमा १ र कबड्डीमा १ स्वर्ण सहित १० स्वर्ण जितेको भट्टले जनाएका हुन् ।

    प्रतियोगितामा सुप्रिम एकेडेमी ९ स्वर्ण, ७ रजत र १६ कास्यसहित दोस्रो भएको छ । सुप्रिमले मार्सल आर्टसतर्फ तेक्वान्दोमा २, कराँतेमा १ र उसुमा ६ स्वर्ण जितेको हो ।

    यसैगरी आदर्श मावि लाय्कु थिमि ५ स्वर्ण ११ रजत र २ कास्यसहित तेस्रोस्थानमा आएको छ ।

    प्रतियोगिताको अन्तिम खेलको रुपमा छात्र भलिबलको फाइनल खेलाईएको थियो । सो खेलमा जनप्रेमी वल्र्ड स्कुल कौशलटारले गणेश मावि नगदेशलाई २–० सेटले पराजित गर्दै स्वर्ण जितेको छ । प्रतिष्पर्धात्मक बनेको भलिबल फाइनलको पहिलो सेट जनप्रेमीले २०–२५ ले जितेको थियो । एक समय १७–१९ ले पछि परेको जनप्रेमीले लगातार ७ अंक बटुल्दै खेललाई २४–१९ मा पुर्याएका थिए । त्यसपछि गणेशले एक अंक बटुलेर खेल २०–२४ मा पुर्याए पनि खेल जित्न सकेन ।

    दोस्रो सेट थप प्रतिष्पर्धात्मक बनेको थियो । दुवै टोलीले अंक बटुल्ने क्रममा एकले अर्कोलाई उछिन्ने प्रयास गरेपनि अन्ततः जनप्रेमीले २५–२२ ले खेल आफ्नो पक्षमा पार्दै स्वर्ण जित्न सफल भएको हो ।

    विजेता विद्यालय र विद्यार्थीहरुलाई पुरस्कृत गर्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले खेलकुदले अनुशासन, नियम पालना गर्न सिकाउने भएकाले यसले अनुशासित र असल नागरिक उत्पादनमा मद्दत पुग्ने बताए । उनले खेलले राष्ट्रिय भावना समेत जागृत गर्ने भएकाले यसले राष्ट्रियताको संरक्षणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

    त्यस्तै उपप्रमुख विजयकृष्ण श्रेष्ठले फुटबलका पूर्व राष्ट्रिय गोलकिपर तथा कप्तान उपेन्द्रमान सिंह, सन्तोष साहुखल, बालगोपाल साहुखल, जीवन सिन्केमान, कराँतेका मण्डेकाजी श्रेष्ठलगायतका खेलाडी मध्यपुर थिमिको उत्पादन भएको उदाहरण प्रस्तुत गर्दै भविष्यमा पनि यस्तै खेलाडी उत्पादनका लागि राष्ट्रपति रनिङ शिल्डलाई नगरपालिकाले प्राथमिकता पूर्वक अघि बढाएको बताएका छन् ।

     

    जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष दिपक थापाले भक्तपुरबाट राष्ट्रिय खेलाडी उत्पादन गर्न राष्ट्रपति रनिङ्ग शिल्डले सहयोग पुग्ने बिश्वास व्यक्त गरे । खेलाडीहरुको खेल प्रेम र स्थानीय सरकारको प्रोत्साहन प्रति उनले सन्तोष व्यक्त गरेका छन् ।

    सो अवसरमा शसस्त्र प्रहरी बल २२ नं. गण गुह्येश्वरी दुवाकोटका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक दिनेश महत, मध्यपुर थिमि नगरपालिकाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नेपाल पत्रकार महासंघ भक्तपुर अध्यक्ष जगतकृष्ण प्रजापति, शिक्षक प्रतिनिधि र प्याव्सन मध्यपुर थिमि नगरसमितिका अध्यक्ष निलेश आचार्य  लगायतको आतिथ्यता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...