News Portal

  • खेलकुदको माध्यमबाट मध्यपुर थिमिलाई देशबिदेशमा चिनाउन सकिने सांसद थापाको दावी

    भक्तपुर पोष्ट संवाददाता मध्यपुर थिमि, २९ माघ २०८०
    ४८६ पटक
    मध्यपुर थिमि, २९ माघ २०८०

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले मध्यपुर थिमिले खेलकुदको क्षेत्रमा राम्रो गरिरहेको जिकिर गरेका छन् । मध्यपुर थिमि नगरपालिकाले खेलकुदलाई प्राथमिकता पूर्वक अघि बढाएको र यसले राम्रा खेलाडी उत्पादनमा टेवा पुगिरहेको उनले बताएका हुन् ।

    वडा लिग फुटबल प्रतियोगिताको सोमबार उद्घाटन गर्दै सांसद थापाले मध्यपुर थिमिलाई खेलकुदको माध्यमबाट चिनाउन लिग सफल हुने विश्वास व्यक्त गरे । खेलकुदले खेलाडीको स्वास्थ्य र देशको प्रतिष्ठा दुवै बढाउने बताउदै उनले खेल क्षेत्रलाई तीनै तहका सरकारले थप महत्व दिनुपर्नेमा जोड दिए ।

    नेपाली खेलाडीहरुले देशको नाम राखिरहेका स्मरण गर्दै सांसद थापाले सरकारले खेलाडीका लागि अवसरको सिर्जना गरिरहेको दावी गरे । खेलाडीले खेलेरै गुणस्तरीय जीवनको ग्यारेन्टी गर्न सके देशको खेल क्षेत्रबाट देशले प्रतिफल प्राप्त गर्नसक्ने समेत उनले प्रष्ट पारेका छन् ।

    उक्त अवसरमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले सानोथिमिस्थित मैदानलाई नगरपालिकाको रंगशालाकोरुपमा विकास गर्ने र अर्को वर्षसम्म दर्शकको सुविधाको लागि प्याराफिट निर्माण गर्ने योजना रहेको बताए ।

    उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुर थिमि विगतमा पनि विभिन्न खेलको राष्ट्रिय खेलाडी उत्पादन गरेको नगर भएको चर्चा गर्दै खेल क्षेत्रको विकासका लागि नगरपालिकाले ठूलो लगानी गरिरहेको बताए ।

    मध्यपुर युथ एशोसियसनका अध्यक्ष एवम् फुटबलका पूर्व राष्ट्रिय कप्तान तथा गोलकिपर उपेन्द्रमान सिंहले वडा लिग मध्यपुर थिमिका स्थानीय खेलाडीलाई राष्ट्रियस्तरमा पुग्ने अवसरको रुपमा रहेको बताए ।

    एशोसियसनका उपाध्यक्ष अष्ट कवेको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् मध्यपुर थिमि नगरपालिकाका पुर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठ, नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, मध्यपुर थिमि नगरपालिकाका पुर्व नगरप्रमुख मदनसुन्दर श्रेष्ठलगायतले खेल मैदानलाई थप व्यस्थित गर्नुपर्नेमा जोड दिएका थिए ।

    प्रतियोगितामा मध्यपुर थिमि नगरपालिकाका ९ वटा वडाका ९ टोलीको सहभागीता रहेको छ । सिंगल राउण्ड रोविन लिगका आधारमा खेलाईने प्रतियोगितामा सहभागी टोलीले एक आपसमा ८ खेल खेल्नेछन र कुल ३६ खेल सञ्चालन हुने प्रतियोगिताको प्राविधिक समितिका संयोजक उपेन्द्रमान सिंहले बताए ।

    अंक तालिकाको शिर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ भने प्रतियोगिता फागुन २४ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

    यसैबीच मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा साविक विजेता वडा नं. ९ ले विजयी शुरुवात गरेको छ । मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एशोसियसनको आयोजनामा आज (सोमवार)देखी शुरु भएको प्रतियोगितामा वडा नं. ९ ले वडा नं. ४ लाई १–० ले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

    वडा नं. ९ को जितमा विज्ञान राजबहाक नायक बने । उनले खेलको ८८ औं मिनेटमा गोल गर्दै टोलीलाई महत्वपूर्ण ३ अंक दिलाएका थिए । खेल बराबरीतर्फ उन्मुख भइरहेको अवस्थामा वडा नं. ४ का खेलाडीको गल्तीको फाइदा उठाउँदै वडा नं. ९ का सगुन राजबहाकले दिएको पास सदुपयोग गर्दै विज्ञानले गोल गरेका हुन ।

    सगुनले दिएको पासमा विज्ञानले वडा नं. ४ का एक डिफेण्डरलाई छलाई गरेको लेफ्टफुटेड प्रहार पोष्टको दाँया कुनाबाट गोलमा परिणत भएको हो । खेलको म्यान अफ दि म्याच पनि विज्ञान घोषित भएका आयोजकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...