News Portal

  • अपराजित रहँदै वडा नं. ९ ले जित्यो मध्यपुर थिमि वडा लिगको उपाधी

    भक्तपुर पोष्ट संवाददाता मध्यपुर थिमि, २४ फागुन २०८०
    २९९ पटक
    मध्यपुर थिमि, २४ फागुन २०८०

    साविक विजेता वडा नं. ९ ले अपराजित रहँदैं लगातार दोस्रो पटक मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको उपाधी जितेको छ । ७ औं चरणमा उपाधी पक्का गरिसकेको वडा नं. ९ ले बिहिवार सम्पन्न अन्तिम खेलका वडा नं. १ लाई २–१ ले हराउँदैं अपराजित यात्रा कायम राख्दै उपाधी जितेको हो ।

    मध्यपुर थिमि नगरपालिकाको प्रायोजनमा मध्यपुर युथ एशोसियसनले सानो थिमिस्थित मैदानमा आयोजना गरेको खेलमा वडा नं. ९ को जितमा यमन राजबहाक र सुनिल चक्रधरले गोल गरे । वडा नं. १ का लागि सविन डंगोलले गोल गरे ।

    यमनले खेलको २७ औं मिनेटमा प्राप्त कर्नरमा गोल गर्दै वडा नं. ९ लाई अग्रता दिलाए । यसअघि डि बक्स बाहिरबाट यमनको शक्तिशाली प्रहारलाई वडा नं. १ का गोलकिपर सरभ कुटुले उत्कृष्ट पञ्च गर्दै बचाएका थिए । सोही बलमा प्राप्त कर्नरमा यमनले पोष्टको दायाँतर्फबाट प्रहार गरेको कर्नर वडा नं. १ का गोलकिपरको हातमा लाग्दै सिधै गोलमा परिणत भएको थियो ।

    खेलको ३० औं मिनेटमा वडा नं. ९ ले अग्रता दोब्बर पारे । वडा नं. ९ का लागि सुनिल चक्रधरले गोल गर्दै अग्रता दोब्बर बनाएको हो । यमनले पोष्टको दाँयातर्फबाट प्रहार गरेको कर्नरमा सुनिलले हेड गोल गरेका हुन ।

    वडा नं. १ का लागि सविन डंगोलले सान्त्वना गोल गरे । वडा नं. १ का रोनक हेकाले डि बक्समा दिएको बल वडा नं. ९ का अमन राजबहाकले क्लियर गर्न नसकेको बलमा सविनले प्रहार गरेको बल गोल पोष्टमा लागेर गोलमा परिणत भएको थियो ।

    विजेता वडा नं. ९ ले अपराजित रहँदैं लिगका ८ वटै खेल जितेर २४ अंकका साथ उपाधी जितेको हो । वडा नं. ९ ले उपाधीसँगै नगद २ लाख ५० हजार र ट्रफी हात पारेको छ ।

    प्रतियोगितामा वडा नं. ५ उपविजेता बनेको छ । वडा नं. ५ ले ८ खेलमा ६ जित, १ बराबरी र १ हारका साथ १९ अंक बटुलेको  छ । वडा नं.५ ले ट्रफीका साथ नगद १ लाख २५ हजार पुरस्कार प्राप्त गरेको छ ।

    वडा नं. ३ ले १४ अंक प्राप्त गर्दै लिगमा तेस्रो स्थान हासिल गरेको छ । वडा नं. ३ ले ८ खेलमा ४ जित, २ बराबरी र २ हार व्यहोरेको थियो । वडा नं. ३ ले नगद ६० हजारका साथै ट्रफी हात पारेको छ ।

    लिगको चौंथो स्थानमा १२ अंकका साथ वडा नं. ६, पाँचौं स्थानमा ११ अंकका साथ वडा नं. २, छैंटौं स्थानमा ८ अंकका साथ वडा नं. १, सातौं स्थानमा ६ अंकका साथ वडा नं. ८, आठौं स्थानमा ४ अंकका साथ वडा नं. ४ र अन्तिम स्थानमा ३ अंकका साथ वडा नं. ७ रहयो ।

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वडा नं. ९ का यमन राजबहाक घोषित भए । उनले नगद २५ हजार पुरस्कार प्राप्त गरे । लिगमा सर्वाधिक ८ गोल गरेका यमन प्रतियोगिताको उत्कृष्ट स्ट्राइकर समेत घोषित भए । सो वापत उनले थप १० हजार रुपैंया पुरस्कार पाए ।
    प्रतियोगिताको उत्कृष्ट गोलरक्षक वडा नं ३ का अम्बर श्रेष्ठ,उत्कृष्ट रक्षक वडा नं ५ का सुदर्शन श्रेष्ठ,उत्कृष्ट मिड फिल्डर वडा नं ३ का विक्रम के.सी,उत्कृष्ट प्रशिक्षक वडा नं ९ का तुल्सी भुजु ‘राजा’ घोषित भए । उत्कृष्ट सबैले समान नगद १०÷१० हजार प्राप्त गरे । प्रतियोगिताको अनुशासित टोलीघोषित हुँदैं वडा नं ७नगद २५ हजार प्राप्त गरे ।

    प्रतियोगिताका विजयी टोली र खेलाडीहरुलाई मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, पूर्व नगरप्रमुखहरु मदनकृष्ण श्रेष्ठ, मदनसुन्दर श्रेष्ठ, पूर्वउपप्रमुखहरु अञ्जनादेवी मधिकर्मी र मुरारीप्रसाद आचार्य, वडाअध्यक्षहरु, मध्यपुर युथ एशोसियसनका अध्यक्ष उपेन्द्रमान सिंह, उपाध्यक्ष अष्ट कवेलगायतका व्यक्तित्वहरुले पुरस्कृत गरे ।

    सो अवसरमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले प्रतियोगिता मध्यपुर थिमिमा राष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको जानकारी गराए । उनले प्रतियोगिताका उत्कृष्ट खेलाडी छनोट गरी नगरपालिकाको टोलीको रुपमा निकट भविष्यमा नै अन्तरनगरपालिका कपमा सहभागी गराईने जानकारी समेत दिए ।

    उपप्रमुख विजयकृष्ण श्रेष्ठले लिगका खेलहरु गतवर्षको तुलनामा स्तरिय भएको बताउँदैं आगामी वर्ष थप परिस्कृत गर्दै प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिए । उनले नगरपालिकाले खेल क्षेत्रलाई पनि प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए ।

    सो अवसरमा नगरपालिका र आयोजक एशोसियसन द्वारा संयुक्तरुपमा मध्यपुर थिमिका प्रत्येक वडाका तीन÷तीन जना भेट्रान फुटबल खेलाडीहरु, नेपाली महिला राष्ट्रिय फुटबल टोलीका पहिलो कप्तान रमा सिंह र महिला रेफ्री एवम् पूर्व खेलाडी विना श्रेष्ठलाई पनि दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...