News Portal

  • भक्तपुरब्यापी आमन्त्रित व्याडमिन्टनमा बस्नेत र श्रेष्ठको जोडी विजयी

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २० असोज २०८१
    ३५९ पटक
    भक्तपुर, २० असोज २०८१

    प्रथम जिल्लाव्यापी आमन्त्रित व्याडमिन्टन प्रतियोगिताको उपाधि चन्द्र–वैभव व्याडमिन्टन क्लवका दिपक बस्नेत र युवराज श्रेष्ठले जितेका छन् ।

    चन्द्र–वैभव व्याडमिन्टन क्लव सूर्यविनायक नगरपालिका–८ को आयोजनामा भएको प्रतियोगिताको फाइनलमा बस्नेत र श्रेष्ठको जोडीले चुनदेवी व्याडमिन्टन क्लव कटुञ्जेका चक्र थापा र शिवनारायण चौधरीको जोडीलाई १९–२१, २१–१७ र २१–१८ को सेटमा पराजित गर्दै उपाधि उचालेका हुन् ।

    त्यसैगरी चुनदेवी व्याडमिन्टन क्लव कटुञ्जेकै बद्री बस्नेत र बिरेन्द्र विक्रम लामाको जोडी तथा सोही क्लवका अनुप के.सी. र सुरज खत्रीको जोडी तृतीय भए ।

    विजेताले नगद १० हजार, उपविजेताले नगद ५ र तृतीयले नगद ३/३ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगितामा १९ टिमका ३८ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

    विजेता खेलाडीलाई सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले पुरस्कार वितरण गरेका थिए ।सो अवसरमा थापाले स्वस्थ जीवनको लागि खेलकुद क्षेत्र महत्वपूर्ण रहेको बताए । प्रमुख थापाले खेल क्षेत्रमा नगरपालिकाले प्राथमिकता पूर्वक लगानी बढाएको बताउँदै थप बिकासका लागि प्रतिवद्धता पनि प्रकट गरे ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...