News Portal

  • नेपाल र भारतबीचको सेमिफाइनल खेल सुचारु, नेपालले फर्कायो गोल

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ११ कार्तिक २०८१
    १८१ पटक
    भक्तपुर, ११ कार्तिक २०८१

    दक्षिण एशियाली देशका समूह सम्मिलित साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीचको सेमिफाइनल खेल पुनः शुरु भएको छ । १० खेलाडीमा सीमित नेपालले भारतलाई फेरिपनि गोल गरेको छ। सावित्रा भण्डारी साम्बाले उक्त गोल गरेकी हुन्।

    खेलको दोश्रो हाफको ७१ औं मिनेटमा भारतीय टोलीले गोल गरेको थियो । सो खुशी मनाउन नपाउँदै रेफ्रीले खेल शुरु गरेपछि नेपालले गोल फर्काएको थियो। तर, गोललाई पहिले मान्यता दिएपनि पछि मान्यता नदिने निर्णय भएपछि तनाव उत्पन्न भएको थियो र खेल अवरुद्ध भएको थियो ।

    पछि पुन सुचारु खेलमा नेपालले गोल फर्काएको हो । दोश्रो हाफको ७१ औं मिनेटमा भारतका लागि संगीताले गोल गरेकी थिइन् । यस अघि नै नेपाली खेलाडी रेखा पौडेलले दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिनु परेपछि घरेलु दर्शक आक्रोशित बनेका थिए र त्यतिबेला पनि खेल रोक्नुपरेको थियो । प्रतियोगिता दशरथ रंगशालामा भैरहेको छ । घरेलु दर्शकले रंगशाला खचाखच भरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...