News Portal

  • साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल छैटौं पटक पनि उपबिजेता

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १४ कार्तिक २०८१
    १२५१ पटक
    भक्तपुर, १४ कार्तिक २०८१

    फाइनलमा नेपाललाई पराजित गर्दै बंगलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि हात पारेको छ । बंगलादेश लगातार दोस्रो पटक बिजेता बनेको हो ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा घरेलु दर्शकलाई निराश पार्दै नेपाल उपविजेतामै चित्त बुझाउन बाध्य भएको छ । बंगलादेशलाई जित दिलाउन मोनिका चक्मा र रितु पोर्नाले १-१ गोल गरे । नेपालकी अमिशा कार्कीले १ गोल फर्काए पनि नेपालको १ का बिरुद्ध २ गोलले हार व्यहोर्न बाध्य भयो ।

    खेलको ५२औं मिनेटमा मोनिका चक्माले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन । तर, नेपालकी अमिषा कार्कीले त्यसको ४ मिनेटमै गोल फर्काएर बराबरी बनाइन ।

    ८१औं मिनेटमा रितु पोर्ना चक्माले गोल गरेपछि सोही गोल निर्णायक बन्यो र बंगलादेश च्याम्पियन बन्न सफल भयो ।

    फाइनलना पुगेर नेपाली महिला राष्ट्रिय टिमले हारेको यो १२औं पटक हो भने साफमा मात्रै नेपाल छैटौं पटक उपविजेतामा खुम्चन बाध्य बनेको छ । अघिल्लो पटक पनि फाइनलमै बंगलादेशले नेपाललाई घरेलु मैदानमै उपविजेतामा रोकेको थियोे। नेपाल १ का विरुद्ध ३ गोल खाएर उपविजेता बनेको थियोे ।

     

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...