News Portal

  • आस्था केसीको ‘उज्यालोको खोजी’ तथा प्रदीप थापाको ‘प्रयास’ सार्वजनिक

    नेपालवाल संवाददाताकाठमाडौं, २३ असार
    १०४५ पटक
    काठमाडौं, २३ असार

    पत्रकारको एवम् गजलकार आस्था केसीको ‘उज्यालोको खोजी’ तथा प्रदीप थापाको रुवाई, गीत, गजल संग्रह ‘प्रयास’का साथै एल्बम ‘प्रयास’को शनिवार सार्वजनिकरण गरिएको छ ।

    शनिबार संवाद डबलीमा एक कार्यक्रमका बीच यी दुई कृतिहरुको सार्वजनिकरण गरिएको हो ।

    अन्तर्राष्ट्रिय गजल मञ्च नेपालको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि गजलकार ललिजन रावलले गजल तथा साहित्यले समाज परिर्वतनमा अहम् भूमिका खेल्ने बताएका थिए ।

    ‘उज्यालोको खोजी’ गजलसंग्रहकी गजलकार अास्था केसीले आफ्नो गजलमा कल्पना भन्दा बढी बास्तविकता भएको बताइन् । आफू १५-१६ वर्षको किसोरी अवस्थामा जनयुद्धमा लागेको र त्यहि समयदेखिको भाव र भोगाइ गजलमा उर्लिएको उनले भनिन् ।

    कर्यक्रममा ‘प्रयास’का लेखक प्रदीप थापाले पाठकहरुले माया प्रेम मन पराउने हुनाले आफु त्यसमा केन्द्रित भएर लेख्ने गरेको बताउदै यस विधामा निरन्तर लागिरहने प्रतिबद्धता प्रकट गरेका थिए ।

    विमोचन भएको पुस्तक तथा एल्बम माथि गजलकारहरु प्रभाती किरण, ज्ञानु विद्रोही, सैलेन्द्र अधिकारी, डा. भोजराज घिमिरे तथा अन्तराष्ट्रिय गजल मञ्च नेपाल च्याप्टर संयोजक भरत पौडेल र नेपाली गजल मञ्च अध्यक्ष घनेन्द्र ओझाले समालोचना गरे ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व सचिव प्रभात चलाउने, प्रेस काउन्सिल नेपालकी सदस्य संगीता खड्का, वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटर लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...