News Portal

  • कम उमेरमा मन्त्री बनेको इतिहास रच्न सफल सुषमा स्वराजको निधन

    भक्तपुर, २२ साउन
    ८०१ पटक
    भक्तपुर, २२ साउन

    भारतको सत्तारुढ दल भारतीय जनता पार्टीकी वरिष्ठ नेत्री सुषमा स्वराजको निधन भएको छ । पूर्व विदेश मन्त्री समेत रहेकी स्वराजको मंगलवार राति निधन भएको हो ।

    लामो समयदेखि अस्वस्थ उनको स्वास्थ्य झन् बिग्रिएपछि मंगलवार साँझ दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । ६७ वर्षको उमेरमा उनको देहान्त भएको भारतीय संचारमाध्यमहरुले बताएका छन ।

    १४ फरवरी १९५२ मा भारतको हरियाणा राज्यमा रहेको अंबालामा जन्मेकी सुषमा २५ वर्षको उमेरमै उक्त राज्यकी मन्त्री बनेकी थिइन् । भारतकै कम उमेरमा मन्त्री बनेको इतिहास रच्न सफल उनी सन् १९९८ मा दिल्लीको मुख्य मन्त्री पनि बनेकी थिइन् । अटल बिहारी बाजपेयीदेखि नरेन्द्र मोदीको सरकारसम्म आइपुग्दा सुषमा ४ पटक केन्द्रिय मन्त्री बन्न सफल भईन् ।

    भारतीय राजनीतिक पार्टीको पहिलो महिला प्रवक्ता र विपक्षी दलको पहिलो महिला नेत्रीको नाम लेखाउन सफल स्वराज इन्दिरा गान्धी पछि विदेश मन्त्रालय सम्हाल्ने दोस्री महिला थिइन् ।

    सुषमा सामाजिक संजालमा लोकप्रिय थिइन् । ट्विटरमा उनका १.३१ करोड़ फलोअर्स रहेका छन् ।
    सर्वोच्च अदालतका वकील स्वराज कौशलसंग विवाह गरेकी सुषमाको एक छोरी मात्र छिन । छोरी बांसुरी लण्डनमा रहेर वकालत काम गर्छिन् ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...