News Portal

  • छोरा राहुलले छोडेको भारतीय काँग्रेसको नेतृत्व फेरि सोनियाको काँधमा

    भक्तपुर, २६ साउन
    ६८८ पटक
    भक्तपुर, २६ साउन

    भारतीय काँग्रेस पार्टीको अध्यक्षमा फेरि सोनिया गान्धी चयन भएकी छिन्। राहुल गान्धीले निर्वाचनपछि पदबाट राजीनामा दिएपछि सोनिया अध्यक्ष भएकी हुन् ।

    शनिबार रातिसम्म चलेको पार्टी केन्द्रिय कार्यसमितिको बैठकले सोनियालाई अन्तरिम अध्यक्ष बनाउने निर्णय गरेको हो ।

    यसअघि सोनिया र राहुलले नयाँ अध्यक्ष चयन गर्दा हुने मतदानमा आफूहरु सहभागि नहुने घोषणा गरेका थिए। सोनियाले १९९८ देखि २०१७ सम्म काँग्रेसको नेतृत्व गरेकी थिइन् । त्यसपछि राहुलको हातमा आएको नेतृत्व पुनः सोनियामा फर्किएको हो। तर सोनियाले नेतृत्व लिन अस्वीकार गरेकी थिइन्। सोनिया राहुल गान्धीको आमा र पूर्व प्रधानमन्त्री स्व. राजीव गान्धीकी पत्नी हुन् ।

    काँग्रेसलाई जसैगरि पनि १५ तारिख अगाडी नयाँ अध्यक्ष घोषणा गर्नु पर्ने भएकाले पनि अहिलेलाई अन्तरिम अध्यक्षको रुपमा सोनियालाई राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। १५ अगस्टमा अध्यक्षका हैसियतले पार्टी कार्यालयमा झण्डोत्तलोन गर्ने चलन छ। शनिबार कार्यसमितिको दोस्रो बैठकमा राहुलले पुनः अध्यक्षको जिम्मेवारी लिन अस्वीकार गरका थिए।

    त्यसपछि प्रियंका गान्धीलाई अध्यक्ष बनाउने प्रस्ताव गरेपनि यसमा सहमति जुट्न सकेन ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...