News Portal

  • भारतीय अर्थमन्त्री पी चिदंबरमलाई ३ सय करोड घुस खाएको आरोपमा पक्राउ गरिँदै

    भक्तपुर, ३ भदौ
    ११०९ पटक
    भक्तपुर, ३ भदौ

    भ्रष्टाचारको आरोपमा भारतका पूर्व अर्थमन्त्री पी चिदंबरमलाई पक्राउ गर्न प्रहरी उनको घरमा पुगेको छ । केन्द्रीय अनुसन्धान व्यूरो सीबीआई उनको निजी निवास पुगेको भएपनि उनलाई भेट्न सकेको छैन ।

    भारतीय संचारमाध्यमहरुले जनाए अनुसार चिदंबरमले उच्च अदालतमा दायर गरेको अग्रीम जमानतको निवेदन खारेज भएकोले उनी जुनसुकै बेला पनि पक्राउ पर्नसक्ने भएका छन् ।

    भारतीय संचारमाध्यम अमरउजालाका अनुसार चिदंबरमका वकिलले पक्राउ नगर्नको लागि ३ दिनको समय मागे पनि अदालतले दिन इन्कार गरेको थियो । न्यायमूर्ति सुनील गौड़ले चिदंबरमको अग्रिम जमानत याचिका खारेज गरिदिएका थिए । यस्तो मामलामा जमानत दिएपछि समाजमा गलत संदेश जाने जिकिर गर्दै उनले जमानत याचिका खारेज गरिदिएका हुन् ।

    आरोप
    अर्थ मन्त्री भएको बेला 2007 मा पी चिदंबरमको कार्यकालले आईएनएक्स मीडिया लाई विदेशबाट प्राप्त ३०५ करोड़ रुपया स्वीकार गर्न मन्जुरी दिई अनियमितता गरेको आरोप लगाइएको छ ।आईएनएक्स मीडिया समूहमा विदेशी निवेश प्रोत्साहन बोर्ड (एफआईपीबी)को अनुमति दिलाउन चिदंबरमले पदको दुरुपयोग गरेको र आफ्नो छोरा कार्ति मार्फत ३०० करोड़ बढी घूस लिएकोमा उनीमाथि छानवीन गर्न केन्द्रीय अनुसन्धान व्यूरोले अनुमति प्राप्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...