News Portal

  • को हुन् भक्तपुरमा नेकपाका उम्मेदवार ढकाल

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, १७ कात्तिक
    ११७४४ पटक
    भक्तपुर, १७ कात्तिक

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मङ्सिर १४ मा निर्धारित उपनिर्वाचनका लागि भक्तपुरमा पार्टीका जिल्ला सचिव डीपी ढकाललाई उम्मेदवार चयन गरेको छ । नेकपाको सचिवालय बैठकले भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ मा हुने प्रदेश सभा सदस्यको उम्मेदवारमा ढकाललाई चयन गरेको हो ।

    आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले भक्तपुरको प्रदेश सभा सदस्य पदका लागि ढकाललाई उम्मेदवारमा सर्वसम्मत चयन गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले बताए । भक्तपुर जिल्ला कमिटीले प्रस्ताव गरेको ३ नाममा एक महिला थपेर प्रदेश ३ को पार्टी पदाधिकारी बैठकले शुक्रवार ४ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएको थियो । प्रस्तावित नाम मध्ये ढकाल सिनियर भएको र राजनीतिक रुपमा परिपक्वसमेत भएको ठहर गर्दै सचिवालय बैठकले ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता प्रकाशको भनाइ छ ।

    को हुन् नेकपाका उम्मेदवार ढकाल

    नेकपाले उम्मेदवार बनाउने घोषणा गरेका नेता ढकाल पूर्व माओवादी पृष्ठभूमीका हुन् । सोही निर्वाचन क्षेत्रको प्रदेश सभा सदस्यमा यस अघिको निर्वाचनमा समेत उनी नेकपा (माओबादी केन्द्र) का तर्फबाट उम्मेदवार रहेका थिए । तर, उनले उम्मेद्वारी दर्ता गराएपछि तत्कालिन नेकपा (एमाले)का पार्टी सचिव हरिशरण लामिछानेले पनि उम्मेद्वारी दर्ता गराउँदा माओवादी केन्द्रको निर्देशनमा ढकाल पछि हटेका थिए । उक्त निर्वाचनमा दुई पार्टीले चुनावी गठबन्धन गरेकाले गठबन्धन जोगाइराख्न ढकालले लामिछानेलाई मैदान छोडिदिएका थिए । नेकपा (माओवादी केन्द्र) का तर्फबाट दोश्रो संबिधान सभामा संबिधान सभा सदस्यको लागि निर्वाचनमा भाग लिएको अनुभव समेत उनीसंग छ । बुलेटको राजनीति गरेर आएको भएपनि नेता ढकालसँग ब्यालटको राजनीतिक अनुभव समेत पर्याप्त भएको भन्न सकिन्छ ।

    २०३८ सालमा काभ्रेको देउपुरमा जन्मिएका नेता ढकाल नयाँ पुस्ताका उदीयमान नेता हुन् । उनी भक्तपुरमा क्याम्पस पढ्दापढ्दै अखिल क्रान्तिकारीको होनहार नेता भैसकेका थिए । त्यतिमात्र होइन,२० वर्षे अल्लारे उमेरमा नै उनीभित्र भएको राजनीतिक चेतनाबाट आत्तिएको तत्कालिन सरकारले उनलाई २०५८ सालमा पक्राउ गरी चरम यातना दिएर १ वर्ष जेल हालिदियो । वर्गीय मुक्तिको सपना बोकेका नेता ढकाल जेल जीवनबाट थाकेनन् बरु अझ स्पातिलो बनेर बाहिर निस्के । त्यसपछि उनी अझ क्रान्तिकारी बन्दै जनताको मुक्तिको लागि भन्दै थालिएको भीषण जनयुद्धमा जनमुक्ति सेनाको हैसियतले सामेल हुनपुगे । घाटीमा गोलीको माला गाँसी राइफल भिरेर हिड्ने ढकाल दोस्रो पटक २०६१ सालमा पुन: पक्राउ परे । तत्कालिन शाही सेनाको चरम यातनाको जिउँदो गवाह ढकाल त्यतिबेला करिव ३ वर्ष जेल बस्न बाध्य बनेका थिए ।

    पार्टी शान्तिपूर्ण राजनीतिमा आएसंगै नेता ढकालको ब्याटल ब्यालटमा बदलियो । उनले पार्टीको बिभिन्न जिम्मेवारीमा रहेर काम गरे । नेता वर्षमान पुन अर्थमन्त्री हुँदा उनका प्रमुख स्वकीय सचिव रहेर काम गरेका ढकालले त्यसलाइ देशको अर्थ-राजनीतिमा राम्रो दख्खल राख्ने अवसरको रुपमा सदुपयोग गरे । तत्कालिन नेकपा (माओबादी केन्द्र) र नेकपा (एमाले) बीचको पार्टी एकता संगै बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा ) का उनी अहिले भक्तपुर जिल्ला कमिटीका सचिव र प्रदेश नम्बर ३ का सदस्य रहेका छन् ।

    नेकपा भित्रका बौद्धिक युवा नेताका रुपमा डीपी ढकालले सानै उमेरमा ठूलो छाप बनाएका छन् । हालसम्म उनले नेपाली क्रान्ति, कम्युनिष्ट आन्दोलनको बहस लगायत आधा दर्जन पुस्तक लेखिसकेका छन् भने केहि महिना अघि मात्र प्रकाशित उनको कृती ‘पूजीवादी र समाजबादी अर्थराजनीतिक विकासक्रम’ राजनितिक वृत्तका अलावा प्राज्ञिक वृत्तमा पनि बहुचर्चित बनेको छ ।

    हाल भक्तपुर नगरपालिका वडा नम्बर १० का स्थायी बासिन्दा ढकाल आफू उम्मेदवार रहेको क्षेत्रका बासिन्दा समेत हुन् । उक्त क्षेत्रमा भक्तपुर-१० का साथै चाँगुनारायण नगरपालिकाका सबै वडा पर्दछन् । पार्टीका तर्फबाट उक्त क्षेत्रमा यस अघि निर्वाचित दिवंगत नेता हरिशरण लामिछानेको बिरासत बचाइराख्ने र उक्त क्षेत्रमा नेकपाको बिजय कायम राख्ने जिम्मेवारी पार्टीले यतिबेला ढकालको काँधमा सुम्पिदिएको छ ।

    याे पनि पढ्नुस्

    भक्तपुरको उपनिर्वाचनका लागि ४ जनाको नाम सिफारिस : शनिवार केन्द्रले निर्णय गर्ने सम्भावना

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...