News Portal

  • पश्चिमी वायु प्रणाली नेपालमा: अधिकतम र न्यूनतम तापक्रम घट्ने

    भक्तपुर, २६ मङ्सिर
    ९१८ पटक
    भक्तपुर, २६ मङ्सिर

    इरान र अफगानिस्तानबाट न्यूनचापीय पश्चिमी वायु प्रणाली नेपाल पसेको छ। उक्त प्रणालीले हिउँदयाममा पानी र हिउँ पार्ने गर्छ ।

    यो प्रणाली प्रवेश गरेसँगै देशभरको तापक्रममा गिरावट आएको छ। बुधबार साँझदेखि पश्चिमी वायु नेपाल प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    यसले गर्दा नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुने सम्भावना रहेको विशेष मौसम बुलेटिनमा उल्लेख छ। सो बुलेटिन विभागले जारी गरेको हो ।

    जल तथा मौसम विभाग अनुसार आज देशका मध्य, पूर्वका उच्च पहाडी र हिमाली भू–भागमा हिमपात हुने सम्भावना रहेको छ। साथै, पछिल्लो पटक भित्रिएको मौसमी प्रणालीका कारण देशभरकै मौसम बदली भई अधिकतम र न्यूनतम तापक्रम समेत घट्नेछ।

    उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात र पहाडी भेगमा वर्षा भई तापक्रम घट्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। बुधबारबाट शुरू भएको यो मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुनेछ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...