News Portal

  • मुसर्रफको शवलाई ३ दिनसम्म झुन्ड्याउन अदालतको आदेश

    ८५५ पटक

    पाकिस्तानका पूर्व सैनिक शासक जनरल परवेज मुसर्रफलाई अदालतले कडा मृत्युदण्डको आदेश दिएको कुरा सार्वजनिक भएको छ । अदालतले आफ्नो आदेशमा यादि मृत्युदण्डको फैसला कार्यान्वयन हुनुअघि मुसर्रफको मृत्यु भएमा उनको शवलाई ३ दिनसम्म झुन्ड्याउन भनेको छ ।

    त्यतिमात्र होइन, मृत्युदण्डको फैसला कार्यान्वयन हुनुअघि मुसर्रफको मृत्यु भएमा उनको शवलाई घिसार्दै ल्याउन आदेश गरिएको छ । मंगलबार उनलाई गम्भीर देशद्रोहको आरोपमा मृत्युदण्ड सुनाएको पाकिस्ताको विशेष अदालतले बिहीबार त्यसको पूर्ण पाठ जारी गर्दै सो आदेश दिएको अन्तर्रा्ष्ट्रिय समाचार माध्यामहरुले सार्वजनिक गरेका छन् ।

    फैसला कार्यान्वयन हुनुअघि उनको शवलाई इस्लामावादको डी–चोकसम्म घिसार्दै ल्याउनु र ३ दिनसम्म झुण्ड्याउनु’ भनी अदालतले आदेश दिएको जनाएको छ । सो चोक संसद भवनको बाहिरपट्टि रहेको छ ।

    उनलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको थियो ।सेना प्रमुख रहदा उनले सैनिक कु मार्फत राज्य सत्ता कब्जा गरेका थिए । १९९९ अक्टोबरमा विद्रोह गरेर सत्ता हातमा लिएका मुसर्रफले २००१ जुनमा आफैलाई राष्ट्रपति घोषित गरे । करीब १० वर्ष मुसर्रफले स्वघोषित राष्ट्रपतिको रुपमा सैनिक सरकारको नेतृत्व गरेका थिए ।

    अदालतको यो फैसलामा पाकिस्तानको सेनाले बिरोध गरेको छ । मुसर्रफका वकिलले अदालतको आदेश विरुद्ध पुनरावेदनमा जाने जनाएका छन् । ७६ वर्षीय मुशर्रफ उपचारका लागि युएईमा छन् ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...