News Portal

  • भक्तपुरको विशेष गीत लोकार्पण कार्यक्रम सम्पन्न

    इभक्तपुर संवाददाताभक्तपुर, १९ पुस
    २०५५ पटक
    भक्तपुर, १९ पुस

    भक्तपुरको विशेष गीत  ‘नेपाली शिरको कालो टोपी भक्तपुर’ बोलको गीत तथा गायक कपिल कस्पालको एकल एल्बम महसुसको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । भक्तपुर जिल्लाको चारवटै नगरपालिकाका धार्मिक सम्पदा र संस्कृति तथा पर्यटन प्रवर्द्धनका लागि सहयोगी हुने अपेक्षा गरिएको उक्त भक्तपुर विशेष गीत सहित कस्पालको एकल एल्बम महसुस शनिबार संयुक्त रुपमा लोकार्पण भएको हो ।

    कृष्णमुरारी गौतम ‘चट्याङ  मास्टर’को रचना रहेको भक्तपुर विशेष गीतको गायक कपिल कस्पाल नै रहेका छन् । यसमा संगीत भने बीबी अनुरागीले भरेका छन् । भक्तपुरको विशेष गीत र एल्बम लोकार्पण कार्यक्रममा वरिष्ठ गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यता रहेको थियो । रागरागिनी इन्टरटेन्टमेन्ट प्रा. लि भक्तपुरले आयोजना गरेको सो कार्यक्रममा संस्कृतिविद् तेजेश्वर बाबु ग्वंग, वरिष्ठ संगितकार दिपक जंगम, चागुनारायण नगरपालिका प्रमुख सोम मिश्र लगायत अन्य व्यक्तित्वहरुको समेत आतिथ्यता रहेको थियो ।

    भक्तपुरलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न बनेको यस  गीतको भिडियोमा भक्तपुरबाट राष्ट्रियस्तरमा योगदान दिन सफल व्यक्तित्वहरु, विभिन्न जनप्रतिनिधि, कलाकार, साहित्यकार, संस्कृतिविद् तथा राजनीतिक व्यक्तित्वहरुले अभिनय गरेका छन् ।

    यो गीतले भक्तपुरको पर्यटन प्रवर्द्धनमा मात्र नभई ‘ भिजिट नेपाल २०२० को लागि पनि उपयोगी गीतका रुपमा योगदान गर्नसक्ने अपेक्षा गरिएको छ । पर्यटकले सजिलै बुझ्न सकुन भनेर अंग्रजी भाषामा पनि गीतको भिडियोमा अनुवाद गरिएको बताइएको छ ।

    लोकार्पण कार्यक्रममा भक्तपुरको ऎतिहासिक गीतमा योगदान पुर्याउने व्यक्तित्वहरु लगायत संघसंस्थालाई कदर पत्र दिई सम्मान समेत गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...