News Portal

  • भक्तपुर सम्बन्धी बहुप्रतिक्षित ‘विशेष गीत’ हेर्नुहोस्

    भक्तपुर, २१ पुस
    ३४०९ पटक
    भक्तपुर, २१ पुस

    बहुप्रतिक्षित भक्तपुर सम्बन्धी विशेष गीत सार्वजनिक भएको छ । ‘नेपाली शिरको कालो टोपी भक्तपुर’ बोलको यो विशेष गीत शनिबार सार्वजनिक भएको हो ।

    रागरागिनी इन्टरटेन्मेन्टको आयोजनामा शनिबार वरिष्ठ गायक प्रेमध्वज प्रधान लगायतले गीतको अडियो भिडियो सार्वजनिक गरेका थिए । नेपाल भ्रमण वर्षको लागि भक्तपुरको कला,भाषा, सस्कृती र सम्पदा लगायतको प्रचारप्रसारमा सहयोगी सिद्ध हुने दावी गरिएको यो गीत युट्युबमार्फत हेर्न सकिन्छ ।

    भक्तपुरलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न बनेको भनिएको यस गीतको भिडियोमा भक्तपुरबाट राष्ट्रियस्तरमा योगदान दिन सफल व्यक्तित्वहरु, विभिन्न जनप्रतिनिधि, कलाकार, साहित्यकार, संस्कृतिविद् तथा राजनीतिक व्यक्तित्वहरुले अभिनय गरेका छन् । भक्तपुरका कतिपय आइकनहरुलाई चाहँदा चाहदै पनि अभिनयमा समेट्न नसकिएको निर्माण पक्षको दुखेसो छ ।

    के छैन र भक्तपुरमा तिमीले खोजेको, त्यही भएर भक्तपुर संसारले रोजेको भन्दै शब्द शब्दमा भक्तपुरको बिशेषता झल्काउन गीतकार कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ले भरपुर प्रयास गरेका छन् । बीबी अनुरागीले संगीत भरेको गीत गायक कपिल कसपालको जीवन्त स्वरले सुसज्जित रहेको छ ।

    यस गीतको भिडियो निर्देशन भने गम्भीर बिष्टले गरेका छन् । उनलाई कोरियोग्राफीमा सुबोल थापा र सिनेमाटोग्राफीमा नवराज उप्रेतीले साथ् दिएका छन् । ५ दर्जन भन्दा बढी नृत्य कलाकारहरुलाई एकसाथ नचाइएको गीतामा भक्तपुरका सम्पुर्ण भेषभुषा ,परम्परा ,रितिरिवाज लाई एउटै फ्रेम भित्र अटाउने प्रयास गरिएको छ । भक्तपुर सम्बन्धी विशेष गीतलाई बिश्वभरीका पर्यटन बजारमा पठाउन सकियोस र पर्यटकलाई सजिलै भक्तपुरप्रती आकर्षित गर्न सकियोस भन्ने उदेश्यले गीतको भिडियोमा शब्दलाई अंग्रेज़ीमा स्क्रोल्लिंग गरेर देखाइने व्यवस्था मिलाइएको गायक कपिल कसपालको भनाइ छ ।  गीतलाई सक्दो शेयर गरी धेरै मानिसहरु समक्ष पुर्याउन पनि गीत सम्बद्ध पक्षले अनुरोध गरेको छ ।

    हेर्नुस् गीत

     

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...