News Portal

  • क्वारेन्टाइन व्यवस्था नगर्ने भक्तपुरका उद्योगधन्दा बन्द गराइने : हेर्नुस् ९ निर्णय

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, २८ साउन
    २८४७ पटक
    भक्तपुर, २८ साउन

    भक्तपुर नगरपालिका विपद व्यवस्थापन समितिको बैठकले क्वारेन्टाइनको व्यवस्था नगर्ने उद्योगधन्धाहरू बन्द गराउन सिफारिस गर्ने निर्णय गरेको छ । उद्योग परिसरमा क्वारेन्टाइनको अनिवार्य व्यवस्था गर्न उद्योगपतिहरूलाई निर्देशन दिन र सो बमोजिम नभए उद्योगधन्धाहरू बन्द गराउन सिफारिस गर्ने निर्णय गरिएको हो ।

    नगर प्रमुख एवम् नगर विपद् व्यवस्थापन समितिका संयोजक सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार बसेको बैठकले यस्तो निर्णय लिएको नगरपालिकाकी प्रेस संयोजक कीर्तिका प्रजापतिले जानकारी गराइन् । भक्तपुर नगरपालिका क्षेत्रमा रहेका उद्योगधन्धा एवम् कल–कारखानाहरूमा कार्यरत कर्मचारी र मजदुरहरूमा समेत कोभिड १९ रोगको संक्रमण बढिरहेको स्थितिमा जोखिमको संवेदनशीलतालाई मध्यनजर गरी आफ्ना मजदुर एवम् कर्मचारीहरूलाई आफ्नै उद्योग परिसरमा क्वारेनटाइनमा राखी उद्योग संचालन गर्ने वातावरण बनाउन यस्ताे निर्णय लिइएकाे बताइएकाे छ ।

    यसका साथै बैठकमा वडाहरूमा जारी राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन तथा फोटो खिच्ने अभियान स्थगनका लागि जिल्ला प्रशासनलाई आग्रह गर्ने समेत निर्णय लिइएको छ ।

    त्यसैगरी नजिकिएको कुशे औंसी अर्थात बुबाको मुख हेर्ने पर्वलाई औपचारिकतामा मात्र सीमित गर्न सार्वजनिक अनुरोध गर्ने, बजार क्षेत्र तथा राजमार्ग र सहायक मार्ग वरपरका क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका ठेलागाडा, साइकल र फुटपाथमा राखिएका पसल व्यवस्थित गर्ने, नगरपालिका प्रवेश गर्ने प्रमुख नाकाहरूमा थप कडाइ गर्न नगरपालिका, प्रशासन कार्यालय, महानगरीय प्रहरी, स्वयम्सेवक तथा सरोकारवाला संस्थाहरूको तर्फबाट एकीकृत गस्ती परिचालन गर्ने र चोक तथा गल्लीहरुमा किटनाशक औषधी छर्कने लगायत निर्णय भएको जानकारी प्राप्त भएको छ ।

    बैठकमा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले कोरोना भाइरस समुदायमा संक्रमण हुनबाट रोक्न नगरपालिका, होटल र गृह क्वारेन्टाइनको व्यवस्था गर्दै आएको जानकारी गराएका थिए । विदेशबाट आएकाहरूलाई व्यवस्थापन गर्न नगरपालिकाले ९ जना कर्मचारीहरूको जिम्मेवारी दिएर खाटाईरहेको उनको भनाइ छ  ।

    नगर प्रमुख प्रजापतिका अनुसार विभिन्न देशबाट हवाई मार्ग हुँदै भक्तपुर प्रवेश गरेका नगरबासीहरूको तथ्यांक अद्यावधिक गरी हालसम्म १ सय १ जना नगरबासीहरूलाई व्यवस्थापन गरिएको छ  ।

    बैठकमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर, नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघ भक्तपुर लगायतका प्रतिनिधिहरूले कोभिड १९ रोकथाम र नियन्त्रणको लागि नगरपालिकाले लिएको पहलप्रति सन्तोष व्यक्त गर्दै थप चुनौतीको लागि सबै संगै मिलेर कोभिड १९ बिरुद्ध लड्नुको बिकल्प नरहेको बताएका थिए ।

    हेर्नुस् ९ निर्णय

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...