News Portal

  • जर्मनीको पहिलो जित

    ८५४ पटक

    एजेन्सी । यूएई एफए नेसन्स लिग फुटबलमा जर्मनीले पहिलो जित निकालेको छ । शनिबार राति युक्रेनको घरेलु मैदानमा भएको खेलमा विजयी हुँदै जर्मनीले नेसन्स लिगमा पहिलो जित दर्ता गराएको हो ।

    युक्रेनको घरेलु मैदानमा जर्मनीले २(१ को जित निकालेको हो । पाहुना टोली जर्मनीको जितमा जिन्टर र गोरेट्ज्काले एक गोल गरे । युक्रेनका रुस्लान मालिनोभ्स्कीले एक गोल फर्काएका थिए ।

    खेलको २० औं मिनेटमा जिन्टरको गोल गर्दै जर्मनीलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफ सुरु भएको चार मिनेट नबित्दै गोरेट्ज्काले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारेका थिए । ७६ औं मिनेटका युक्रेनका मिलिनोभ्स्कीले पेनाल्टीमार्फत गोल गर्दै खेल २–१ को अवस्थामा ल्याए । तर, थप गोल हुन नसक्दा खेल जर्मनीले २–१ ले जितेको हो ।

    जितसँगै नेसन्स लिगमा समूह ‘ए’मा रहेको जर्मनीले तीन खेलबाट ५ अंक जोडेको छ । सुरुवाती दुई खेलमा जर्मनीले स्पेन र स्विट्जरल्यान्डसँग बराबरी खेलेको थियो । समान खेल खेलेको युक्रेनको एक खेलमा जित र दुएई खेलमा हारसहित ३ अंक छ ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...