News Portal

  • प्रदेश सरकारको काम छैन भन्नेहरुले भक्तपुर अस्पताल हेर्दा हुन्छ : मन्त्री दुलाल

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, २७ कात्तिक
    १२६९ पटक
    भक्तपुर, २७ कात्तिक

    अस्पताल स्थापनाको ११७ वर्ष पछि भक्तपुर अस्पतालले सघन उपचार कक्ष संचालनमा सफलता प्राप्त गरेको छ । स्वास्थ्य सेवामा महत्वपूर्ण मानिएको सघन उपचार कक्ष (आइसीयु)को बिहीवार बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालले औपचारिक उद्घाटन गरेका हुन् ।

    गत फागुनमा भक्तपुर अस्पताल अनुगमनका क्रममा मन्त्री दुलालले अस्पताललाई आइसीयुयुक्त बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका थिए । ३ महिना भित्रै आइसीयु संचालनका लागि मन्त्रालयले बजेट व्यवस्था गरिदिएको भएतापनि कोभिड १९ का कारण आइसीयु स्थापनामा ढिलाई भएको थियो ।

    कोभिड १९ का बिरामीका लागि समेत आइसीयु अत्यावश्यक भएपछि आवश्यक भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनको कार्यमा अस्पतालले जोड लगाएको अध्यक्ष मिलन सुवालले बताएका छन् । जनप्रतिनिधिहरु, भक्तपुरकी सिडिओ हुमकला पाण्डे लगायतको  ताकेता र भक्तपुरको आवश्यकता संगै अन्तत ११७ वर्ष पछि भक्तपुर असपतालले आइसीयु प्राप्त गरेरै छोड्यो । यसको श्रेय बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालको भागमा पर्यो ।

    बिहीवार आइसीयु कक्षको उद्घाटन गर्दै मन्त्री दुलालले प्रदेश सरकारले केहि पनि गरेको छैन भन्नेहरुको लागि भक्तपुर अस्पताल एउटा पाठ भएको प्रतिक्रिया दिएका छन् । उक्त अवसरमा उनले भने, ” प्रदेश सरकारले केहि गरेन भन्नेहरुले भक्तपुर अस्पतालमा आएर हेर्दा हुन्छ ।” उनले भक्तपुरमा मात्र नभई नुवाकोट, धादिङ्ग, सिन्धुली लगायत पाँच जिल्लामा अवस्थित प्रदेश मातहतका अस्पताललाई प्रदेश सरकारले आइसीयुयुक्त बनाएको बताए । ” भक्तपुरमा आइसीयु आउँन ११७ वर्ष लाग्यो, अन्य जिल्लामा पनि प्रदेश सरकार नभएको भए अझै धेरै वर्ष आइसीयु आउने थिएन । यसर्थ, प्रदेश सरकारले केहि गरेको छैन भन्ने कुरा भ्रमपूर्ण सावित भएको छ ।” उनले भने ।

    प्रदेश मातहत रहेपनि प्रदेश सरकार अन्तर्गत नभएका कार्यालय र सस्थामा प्रदेश सरकारको अधिकार नहुने खुलासा गर्दै उनले अझै जनताले त्यो कुरा नबुझ्दा प्रदेश सरकारप्रति असन्तुष्ट भएका जिकिर गरे । ” विशेषगरी काठमाडौ उपत्यका र अझ काठमाडौ जिल्लामा संघीय कार्यालयहरु छन् तर जनताले प्रदेश सरकारको उपस्थिति खोजिरहेका छन् । यो विरोधाभासको अन्त्य आवश्यक छ ।” मन्त्री दुलालले दावी गरे । कोभिड १९ को महामारीमा बागमती प्रदेश सरकारले जनताको साथ् नछोडेको जिकिर गर्दै उनले प्रदेशले निशुल्क आइसोलेसनहरु संचालन गरिरहेको, निशुल्क पिसिआर टेस्टको व्यवस्था मिलाएको लगायत गरिएका कामबारे अवगत गराएका थिए ।

    बिहीवार आइसीयु संगै मन्त्री दुलालले भक्तपुर अस्पतालमा कोभिड १९ परीक्षणका लागि ल्याइएको पिसिआर प्रयोगशालाको समेत उद्घाटन गरेका छन् । कोभिड सकिएपछि पनि अन्य फ्लु र भाइरस परिक्षणमा प्रयोगशाला प्रयोगमा आउने उनको भनाइ छ ।

    भक्तपुर अस्पताल ब्यवस्थापनको सन्दर्भमा बोल्दै मन्त्री दुलालले आफूले यहाँ नियुक्त गरेका अध्यक्ष मिलन सुवाल र मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतम दुवै सक्षम रहेकाले यसले विकासमा फड्को लिन सफल भएको भन्दै सन्तोष व्यक्त गरेका थिए । ” भक्तपुर अस्पताल आर्थिक बर्ष २०७६ /७७ को वार्षिक समिक्षामा सबैभन्दा राम्रो सावित भइ प्रदेश प्रथम हुन सफल हुनु भनेको यहाँको नेतृत्व र सिंगो टीमको सफलता हो ।” उनले भने । मन्त्री दुलालले भक्तपुर अस्पतालको हरेक समस्या समाधानमा आफू अगाडी रहने आस्वासन दिंदै अस्पताललाई अझ सुविधा सम्पन्न बनाउन आवश्यक निर्देशन समेत दिएका थिए ।

    उक्त कार्यक्रममा मन्त्री दुलालले भक्तपुर अस्पतालमा कार्यरत रहेकै अवस्थामा दिवंगत भएका कार्यालय सहयोगी राजु खत्रीलाई मृत्युपर्यन्त सम्मान गर्नुका साथै उनको परिवारलाई नगद सहयोग हस्तान्तरण समेत गरेका थिए ।

    कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य डा राजेन्द्रमान श्रेष्ठले अस्पताल सबैको साझा भएकोले यसको सफलताप्रति सबैले अपनत्व लिनुपर्ने र असफलतामा पनि सबैले जिम्मेवारी लिनुपर्नेमा जोड दिए । वर्तमान समयमा भक्तपुर अस्पताल सञ्चालनमा ठूलो विकास भइरहेको बताउँदै उनले यसको पछाडी अस्पताल परिवारका अतिरिक्त जनप्रतिनिधि, प्रशासन र सचेत जनसमुदायको समेत योगदान रहेको बताए ।

    त्यसैगरी जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले सपना देखेपछि पूरा हुने कुरा अस्पतालको वर्तमान नेतृत्वले पुष्टि गरेको प्रष्ट पारे । चुनौतीका बीच अस्पताल विकासको सपना लिएर अगाडी बढ्दा एक शताब्दीसम्म नभएको विकास पनि सम्भव सावित भएको उनको भनाइ थियो ।

    कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिड १९ को कहरमा भक्तपुर अस्पताल जनताको आशा र भरोसा भएर देखा परेको भन्दै सन्तोष व्यक्त गरे । आपतको बेलामा जनताले सरकारको मुख ताक्ने हुँदा कोभिड १९ मा सरकार जनतासंगै हुनुपर्नेमा जोड दिंदै नगर प्रमुख प्रजापतिले भक्तपुर अस्पताललाई नगरपालिकाले समेत आवस्यक सहयोग गर्दै आएकाे र आगामी दिनमा समेत सहयाेग गरिरहने आस्वासन दिएका थिए ।

    उक्त अवसरमा अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमले अस्पतालको वर्तमान अवस्था र भावी योजनाबारे प्रकाश पारेकी थिइन् भने नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले ‘गरे सम्भव रहेछ’ भन्ने शिक्षा भक्तपुर अस्पतालबाट अरु कार्यालयले पनि सिक्नुपर्ने आवश्यकता आैल्याएका थिए ।

    अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालको अध्यक्षतामा संचालित कार्यक्रमको संचालन अस्पताल प्रशासनका अधिकृत राजेन्द्रप्रसाद नेपालले गरेका थिए । उक्त अवसरका प्रदेश सांसद शशिजंग थापा र सरस्वती बाटी त्यसैगरी वडाध्यक्ष रवीन्द्र ज्याख्व, श्यामकृष्ण खत्री लगायत जनप्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।

    याे पनि

    बागमती प्रदेशकै सर्वोत्कृष्ट सावित भएपछि भक्तपुर अस्पताल पुरस्कृत

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...