News Portal

  • विश्वमै सबैभन्दा लामो व्यवसायिक उडान !

    भक्तपुर, २७ पुस
    ९६३ पटक
    भक्तपुर, २७ पुस

    एयर इन्डियाको एक फ्लाइट सोमबार बिहान सान फ्रान्सिस्कोबाट बेंगलुरु पुग्यो । यो उडान धेरै मानेमा विशेष थियो, किनकी एयरपोर्टमा उत्रने वित्तिकै विमानले इतिहास बनायो । यस उडान ९एआई–१७६० का सबै पाइलटहरु महिला थिए । उनीहरूले उत्तरी धु्व ९नर्थ पोल० हुँदै विश्वको सबैभन्दा लामो यात्रा गरे । एयर इन्डियाका अनुसार यो विश्वमै सबैभन्दा लामो व्यवसायिक उडान हो ।

    विमानले साढे १३ घण्टामा १३ हजार नौ सय ९३ किलोमिटरको यात्रा गरेको छ । जहाजको चालक दलको कमान्ड क्याप्टेन जोया अग्रवालले लिएकी थिइन् । ककपिटमा उनीबाहेक क्याप्टेन पापागरी थनमई, क्याप्टेन आकांशा सोनवरे र क्याप्टेन शिवानी मन्हास थिए ।जोया बोइंग–७७७ उडाउने सबैभन्दा कान्छी महिला पाइलट पनि हुन् । उनले सन् २०१३ मा यो रेकर्ड बनाएकी थिइन् ।

    विमान अवतरणपछि एयरलाइन्स कम्पनीका कर्मचारीले ताली बजाएर उनीहरुको स्वागत गरेका थिए । भारतीय उड्डयन मन्त्री हरदीप सिंह पुरीले यी पाइलट महिलालाई उडानमा इतिहास बनाएकोमा सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् ।

    एयर इन्डियाले पनि शानदार यात्रा पूरा गरेको भन्दै महिला पाइलटको समूहलाई बधाई दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...