News Portal

  • सल्लाघारीस्थित शिवालय सहकारीद्वारा प्रकोप व्यवस्थापन कोषमा ५१ हजार आर्थिक सहयोग

    राजेशमान मानन्धर / भक्तपुर पोस्ट भक्तपुर, २ असार २०७८
    १३०५ पटक
    भक्तपुर, २ असार २०७८

    भक्तपुर १ सल्लाघारीस्थित शिवालय बचत तथा ऋण सहकारी संस्थाले भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ । सस्थाले उक्त कोषमा ५१ हजार रुपैया आर्थिक सहयोग गरेको हो ।

    शिवालय बचत तथा ऋण सहकारी संस्थाका कर्जा प्रमुख प्रताप राईको नेतृत्वमा पुगेको टोलीले नगरपालिकाकी उपप्रमुख रजनी जोशीलाई भेटेर उक्त रकम हस्तान्तरण गरेको हो । उक्त अवसरमा उपप्रमुख जोशीले प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेवापत शिवालय परिवारप्रति आभार प्रकट गरिन् ।

    नगरप्रमुख सुनिल प्रजापतिले पनि शिवालय लाई धन्यवाद ज्ञापन गर्दै सहयोग रकम नगर अस्पतालको रुपमा रहेको ख्वप अस्पताललाई स्वास्थ्य उपकरणयुक्त बनाउन र प्रकोप व्यवस्थापन गर्न खर्च गरिने जानकारी गराएका छन् । नगरपालिकाले खडा गरेको प्रकोप व्यवस्थापन कोषमा १ महिनामै करिब छ करोड रुपैयाँ जम्मा भएको छ । कोभिड १९ महामारीबाट मानिसहरुलाई बचाउन अक्सिजन प्लान्ट लगायत उपकरण खरिदका लागि नगरपालिकाले जनसहयोग आह्वान गरेसंगै बिभिन्न व्यक्ति र सस्थाले स्वस्फूर्तरुपले आर्थिक सहयोग गर्ने क्रम जारी रहेको छ ।

    शिवालय बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत हिमाल राईले प्रकोप व्यवस्थापन कोषमा सहयोग गर्न पाउँदा सन्तोष व्यक्त गरे । भक्तपुर पोस्टसंग प्रतिक्रिया दिंदै उनले संचालक समितिको निर्यानुसार सहयोग हस्तान्तरण गरिएको र सामूहिक हित नै सहकारीको सिद्धान्त भएको भन्दै सबैले सहयोग गर्दा कोष सम्बृद्ध भएकोले प्रकोप व्यवस्थापन प्रभावकारी हुने विश्वास व्यक्त गरे । शिवालयले कोभिड १९ महामारीको विषम परिस्थितिमा आफ्ना सदस्यहरु र समुदायप्रति सहयोगी हात अघि बढाइरहेको बजार प्रमुख सुरेश श्रेष्ठले बताए ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...