News Portal

  • उपत्यकालाई संसारकै सुरक्षित बनाउने अभिभारा भक्तपुरका कार्कीको काँधमा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २६ असार २०७८
    २५४१ पटक
    pradyumna karkiभक्तपुर, २६ असार २०७८

    काठमाडौं उपत्यकामा प्रहरीको नेतृत्व गर्ने जिम्मा भक्तपुरका प्रद्युम्न कुमार कार्कीले पाएका छन् । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा भए संगै भक्तपुर घर भएका एआईजी कार्कीले उक्त जिम्मेवारी पाएका हुन् ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सबै एआईजीहरूको सरुवा गरेको हो । स्रोतका अनुसार महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पाल कार्य विभागमा पठाइएका छन् भने उनको ठाउँमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान बाट सरुवा भै प्रद्युम्नकुमार कार्की आएका छन् ।

    कार्की नेपाल सरकार मन्त्रीपरिषदको २०७७ साउन १२ गतेको निर्णय अनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी)मा पदोन्नति भएका थिए । कार्की सूर्यविनायक नगरपालिका वडा नम्बर ७ मा पर्ने गुन्डुको कार्की गाउँका बासिन्दा हुन् ।

    महानगरीय प्रहरी कार्यालयको प्रमुख भएसंगै उनी मातहत उपत्यकाका तीन जिल्लाका सबै प्रहरी परिसर, वृत्त,प्रभाग लगायतको कमाण्ड कन्ट्रोल रहने भएको छ ।काठमाडौं उपत्यकालाई संसारकै सुरक्षित उपत्यका बनाउने अभियानमा उनको योगदान कस्तो रहन्छ त्यो भने उनको कार्यकालमा देखिने नै छ ।

    यो पनि

    आइजीपी थापा कटुन्जेका, एआईजी कार्की गुन्डुका : नेतृत्व बलियो भएकाे आइजीपीकाे भनाइ

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...