News Portal

  • संयुक्त अरब इमिरेट्स नेपालीलाई खुला

    भक्तपुरपोष्ट संवाददाता२१ साउन २०७८
    १८७ पटक
    २१ साउन २०७८

    संयुक्त अरब इमिरेट्स ( युएई ) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ। युएईले आजदेखि लागू हुने गरी प्रवेश खुला गरेको आबुदावीस्थित नेपाली दूतावासले जनाएको छ।

    त्यस्तै युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ। युएइको सरकारी निकायमा कार्यरत व्यक्ति, स्वास्थ्यकर्मी, विद्यालय तथा विश्वविद्यालयका शिक्षक, युएइमा उपचार चलिरहेका व्यक्तिले प्रवेश पाउनेछन्।

    उनीहरूले युएई सरकारको अनुमति भने लिनुपर्नेछ। त्यसरी युएई प्रवेश गर्नेका व्यक्तिको हकमा नेपालको विमानस्थलमा र्यापिड टेस्ट हुने र युएईका विमानस्थलमा अवतरण भएपछि पिसिआर परीक्षण हुनुका साथै क्वारेन्टिन लगायतका अन्य स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्ने दुतावासले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    एमालेसंग चुनाव चिह्न बाहेक केहि बाँकी छैन : दाहाल

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं बागमती प्रदेश अध्यक्ष नारायण दाहालले नेकपा...

    खुशुको नेतृत्वमा अखिल(क्रान्तिकारी)को भक्तपुर नगर कमिटी निर्वाचित

    नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियू(क्रान्तिकारी) ले भक्तपुर नगर कमिटी बिस्तार गरेको छ । रुकेश...

    भक्तपुर सिडिओमा शर्मा

    भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी(सिडिओ)मा रुद्रा शर्माको सरुवा भएको छ । गृह मन्त्रालयले गुल्मी बाट...

    इन्द्रजात्रा मनाउन गुठि/समुदायसंग समन्वयकारी भूमिका रहन्छ- एसएसपी सिंह

    ऐतिहासिक राष्ट्रिय पर्व ‘इन्द्र जात्रा’ नजिकिदै गर्दा यस पटकको यो जात्रा कसरी सम्पन्न गर्ने भन्ने...

    सेलर्डले भक्तपुरका सञ्चारकर्मीलाई दरवारमा लगेर दियो तालिम

    बाल दिवसको अवसरमा भक्तपुरका सञ्चारकर्मीहरुका लागि मानव बेचबिखन तथा बाल संरक्षणबारे अभिमुखीकरण तालिम सम्पन्न भएको...