News Portal

  • नेपाली बक्सिङ्ग टोली सर्विया प्रस्थान

    बुद्धशरण शाही/ भक्तपुरपोस्ट काठमाडौँ, ५ कात्तिक २०७८
    ७२८ पटक
    काठमाडौँ, ५ कात्तिक २०७८

    ‘आईबा वल्ड बक्सिङ च्याम्पियनसिप’मा सहभागी हुन नेपाली बक्सिङ्ग टोली सर्विया प्रस्थान गरेको छ ।

    अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबा) काे ७५ वर्षकाे वार्षिक उत्सबकाे अबसरमा सर्वियाकाे राजधानी बेलग्रेड शहरमा अक्टोबर २५ देखि नाेभेम्बर ६ तारिख सम्म संचालन हुने २१ औं वल्ड बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सर्विया तर्फ लागेको हो ।

    बक्सिङ संघका अध्यक्ष राम अवालेकाे नेतृत्वमा प्रस्थान गरेको टोलीमा मुख्य प्रशिक्षक प्रकाश थापामगर र किशोर लिम्बु, अफिसीयल्समा नेपाल बक्सिङ्ग संघका सदस्यहरु मान बहादुर भण्डारी प्रनिर अधिकारी र चार खेलाडी सनिल शाही, पुरन राइ, भुपेन थापा र रबिन थापा सहभागी भएका छन् । राति १०ः३० बजे दुवई एअरलाइन्सबाट उड्न नेपाली टोली त्रिभुवन विमानस्थल पुगेका छन् ।

    सहभागी बक्सिङ टाेलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ले मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच बिदाई गरेका छन् । मन्त्री अथकले खेलाडी, प्रशिक्षक र टिम म्यानेजर सहितकाे टाेलीलाई सफल यात्रा र जितकाे शुभकामना दिएका थिए ।

    नेपाल बक्सिङ्ग संघले गठन गरेको छनोट समितीको प्रतिवेदन अनुसार छनोट गरिएको प्रतियोगिताबाट उत्कृष्ट ४८ के.जी. तौल समुहमा रविन थापा, ५७ के.जी. तौल समुहमा पुरन राई, ६३.५ के.जी. तौल समुहमा भुपेन्द्र थापा र ६७ के.जी. तौल समुहमा सनिल साहीले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन । सहभागी मध्ये भुपेन्द्र थापा र सनिल साही १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेता समेत हुन् ।

    विश्वका १०५ राष्ट्रको १३ वटा तौल समुहमा ६ सय ५० जना खेलाडीहरुको सहभागीता रहेको उक्त बृहत बक्सिङ्ग प्रतियोगिताको प्रत्येक तौल समुहमा स्वर्ण पदकको लागि एक लाख डलर, रजत पदकको लागि पचास हजार डलर र काश्य पदक जित्ने दुर्ई जनाको लागि पच्चीस हजार डलर पुरस्कारको साथै मेडल, प्रमाण पत्र र च्याम्पीयनसिप वेल्टको व्यवस्था गरिएको छ ।

    यो पनि

    ‘आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिप’ छनोट प्रतियोगितामा सनिल शाही प्रथम

     

     

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...