News Portal

  • काठमाडौँमा हैजा नियन्त्रणका लागि छानबिन टोली गठन

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,८ असार २०७९
    २६६ पटक
    भक्तपुर,८ असार २०७९

    काठमाडौँमा हालसम्म चार जनामा हैजा पुष्टि भएपछि नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले ३ सदस्यीय छानबिन टोली गठन गरेको छ । स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको हो ।

    टोलीमा प्रमुखसहित, ल्याब प्राविधिक तथा काठमाडौँ महानगरपालिकाबाट खटिएका स्वास्थ्यकर्मीहरू रहेका छन् । टोलीले काठमाडौँमा देखिएको हैजाको कारणबारे अनुसन्धान, हैजा पुष्टि भएका ठाउँहरूको पानीको नमुना परीक्षण, तथा खोजपड्तालको माध्यमबाट अनुसन्धान गरिरहेको अधिकारीले बताए ।

    घरबाहिरका खानेकुरा र अशुद्ध पिउने पानीबाट काठमाडौँमा हैजा फैलिनसक्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन् । साथै फोहोरको उचित व्यवस्था हुन नसक्दा पनि हैजा फैलन सक्ने सम्भावना बढेको छ ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...