News Portal

  • भक्तपुरमा पाँचौं अरुण थापा स्मृति साँझ हुँदै

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, ३ साउन २०७९
    ११६८ पटक
    भक्तपुर, ३ साउन २०७९

    नेपाली सुगम आधुनिक संगीतका एक अजर अमर गायक तथा संगीतकार अरुण थापाको ‘२३ औं स्मृति दिवस २०७९’को अवसरमा भक्तपुरमा ‘अरुण थापा स्मृति साँझ’ हुने भएको छ । भक्तपुर साँगीतिक समाजको आयोजनामा कार्यक्रम यही साउन ७ गते शनिवार हुँदैछ । समाजले थापाको स्मृतिका लगातार पाँचौं पटक स्मृति साँझ आयोजना गर्न लागेको हो ।

    कार्यक्रममा भक्तपुरका स्थानीय कलाकारहरुले स्व. थापाका गित गुनगुनाउने छन् । कार्यक्रममा सत्यनारायण मानन्धर, लक्ष्मण पलिखेल, राजेश शाही, रोशन धौभडेल, विनोद राज ढुंगेल, अधीश्री कसपाल र नविन्द्रलाल कर्माचार्यले स्व. थापाका गित गाउने आयोजक समाजका अध्यक्ष प्रविण शाहीले बताएका छन् । त्यसैगरी वाद्यवादनमा गायकहरुलाई कृष्णसुन्दर सुजखु, महेन्द्र सिंख्वाल, सरोज केसी, श्रीजल मधिकर्मी, अनिश शाक्य र यजु आर्चाले वाद्यवादनमा साथ दिने अध्यक्ष शाहीले जानकारी गराए ।

    कार्यक्रमलाई सिद्धि स्मृति प्रतिष्ठान, अक्सफोर्ड प्राक्टिकल ईङ्गलिस स्कुल, गुडविल कन्सल्टको सहयोग रहेको छ भने कार्यक्रमको रेडियो पार्टनर भक्तपुर एफ एम १०५ दशमलव ४ मेघाहर्ज, टेलिभिजन पार्टनर भादगाउँ टेलिभिजन, मिडिया पार्टनर न्यूज अफ साप्ताहिक, फोटोग्राफी पार्टनर पिक्सेल्स इन्ग्राभर्स र साउण्ड पार्टनर आराधना संगीत समूह रहेका बताइएको छ ।

    वरिष्ठ संगीतकार दिपक जंगमको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रममा वरिष्ठ गितकार दिनेश अधिकारीलाई ‘अरुण थापा स्मृति सम्मान २०७९’ले सम्मान गरिने समाजका उपाध्यक्ष कपिल कस्पालले जानकारी दिएका छन् ।

    कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकको भनाइ छ । कोरोना महामारीका कारण विगत दुई वर्ष कार्यक्रमलाई औपचारिकतामा सिमित गरिएको थियो । यसवर्ष बृहतरुपमा गर्ने निर्णय अनुसार काम अघि बढेको बताइएको छ । कार्यक्रम अक्सफोर्ड प्राक्टिकल ईङ्गलिस स्कुल सल्लाघारीको प्रांगणमा हुने भक्तपुर साङ्गितिक समाजका सचिव अल्ब्रट बज्राचार्यले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...