News Portal

  • दाहाललाई ५१ हजारको साहित्यिक पुरस्कार

    अनलाइनपर्दा संवाददाता
    १२२१ पटक

    भद्रपुर, २७ पुस । लेखनाथ पुस्तकालय, चन्द्रगढी, झापाले १३४ औँ कविशिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीको अवसर पारेर एकजना विद्यार्थीसहित पाँचजना साहित्यिक स्रष्टालाई सम्मानसहित पुरस्कृत गरेको छ ।

    झापाको चन्द्रगढीमा बुधबार आयोजित कार्यक्रममा श्रीप्रसाद ओली स्मृति साहित्य सम्मान पुरस्कारबाट साहित्य अनुरागी मित्रप्रसाद दाहाललाई नगद ५१ हजार १११ सहित सम्मान गरिएको हो ।

    यसैगरी, विभिन्न विधामा उत्कृष्ट स्रष्टालाई उक्त कार्यक्रममा पुरस्कृत तथा सम्मान गरिएको थियो । श्यामकृष्ण कामाक्ष साहित्य सम्मान शान्ता गौतमलाई र वीरेन्द्र मावि, चन्द्रगढीमा कक्षा ९ मा अध्ययनरत छात्रा अनुषा बस्नेतलाई प्रदान गरिएको थियो भने भक्तकिरण साहित्य सम्मानबाट कृष्ण अनमोललाई सम्मानसहित पुरस्कृत गरिएको थियो ।

    यसैबीच, जिल्लास्तरीय छन्दोवद्ध कवि सम्मानबाट आनन्दप्रसाद घिमिरेलगायतलाई सम्मानसहित पुरस्कृत गर्दै प्रतियोगितात्मक कविता वाचन कार्यक्रममा विजयी कविलाई समेत नगदसहित प्रशंसापत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

    पुस्तकालयका अध्यक्ष नवराज घिमिरेको अध्यक्षता तथा प्राज्ञ दधिराज सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपस्थित साहित्यकारले साहित्यिक प्रवचनसमेत प्रस्तुत गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...