News Portal

  • सीरियाकाे हालत खराब हुनुमा अमेरिकाको हात रहेको वरिष्‍ठ पत्रकार डॉक्‍टर अवादको आरोप

    इभक्तपुर संवाददाताभक्तपुर, १५ फागुन
    १५७८ पटक
    भक्तपुर, १५ फागुन

    सीरियाप्रति यतिबेला धेरै मानिसहरुको चासो बढेको छ । सामाजिक संजाल हिजोआज सीरियाको गृहयुद्धको हृदयविदारक दृश्यले निकै दुखी देखिएको छ ।

    विद्रोहिलाइ दबाउन गरिएको भनिएको पछिल्लो हवाई आक्रमणमा निर्दोष बालबालिकाको हत्या भएपछी सीरियाको सरकारलाई सबैले थुक्न थालेका छन । विद्रोहिको कब्जामा रहेको पूर्वी घोउटा इलाकामा सीरियाई सरकारले हवाई हमला गर्दा सात दिनमा करीब ५ सय नागरिक मारिएका हुन् ।

    यद्यपी संयुक्त राष्ट्र (यूएन) सुरक्षा परिषदले सीरियामा ३० दिने युद्ध विरामको सर्वसम्मत प्रस्ताव पारित गरेको छ । तरपनि यहांको हालत राम्रो हुने सम्भावना कम छ । युद्ध विरामले दिगो शान्तिको दिशा पकड्ने कुरामा शंका छ । सीरियामा चलिरहेको संघर्षमा अहिले सम्म लाखाैं मानिस मारिएका छन ।

    सीरियाई सरकारलाइ ब्लाकमेल गर्दैछ अमेरिका
    सीरियाको हालत खराब हुनुको कारण अमेरिकालाइ बताइएको छ । ”यो सबै नरसंहारको जिम्मेवार अमेरिका हो ।” एक भारतीय पत्रिका दैनिक जागरणसंग कुरा गर्दै सीरियाका वरिष्‍ठ पत्रकार डॉक्‍टर वईल अवादले भने । अमेरिकाको नीति सीरियालाइ टुक्राउने रहेको उनले बताए । अंतरराष्‍ट्रीय कानूनको खिलाफ अमेरिकाले अाफ्नो फौज उतारेर राखेको उनको आरोप छ ।

    सीरियाई सरकार लाइ ब्ल्याकमेल गरेर यहां आफ्नो मिलिट्री बेस क्याम्प स्‍थापित गर्ने अमेरिकी चाहना भएको उनले बताए । उनले यो पनि भने कि अमेरिकाले यहा आतंकको राज्य चलाउन चाहेको छ र सिरियालाई टुटाउन आतंककारीहरुलाई फंड़ीङ पनि गरिरहेको छ ।

    सीरियाका वरिष्‍ठ पत्रकार डाक्‍टर वईल अवादले भनेकि सीरियामा जो भैरहेछ त्यसको निस्पक्ष जाच होस्, अमेरिकमाथि सीधा आरोप लगाउदै उनले बताए कि बास्तवमा अमेरिकाले आतंकवादको नाममा सीरियाको जनतामाथि निशाना बनाइरहेको छ ।

    बिद्रोह

    बर्तमान सिरियाइ राष्ट्रपति बसर अल असदका पिताकै पालादेखि त्यहा अशान्ति मच्चिएको छ । सन् १९८२ सालमा सिरियाली मुसलमानहरुको आस्थाको धरोहर भत्काइएसँगै एक किसिमको बिद्रोह सुरु भएको थियो । सिरियाको हमा शहरमा त्यतिबेलै भएको सैन्य आक्रमणमा दशौं हजार मानिस मारिएका थिए ।
    सन् २०११ मा ट्यूनिसिया र ईजिप्टका राष्ट्रपतिहरुले सिरियाको भुसको आगो झैँ भएको विद्रोहलाइ मलजल गरि हातहतियारमा समेत सहयोग गरेपछि गरीबी र निरंकुशताकाबीच दविएका सिरियाइले  सन् २०११ देखि सिरियामा हिंशात्मक विद्रोहको सुरुवात गरेका हुन् जस्मा हालसम्म करीब ४ लाख बढी ज्यान गैसकेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...