भक्तपुर २९ फागुन सोमबार इतिहासकै दुखद बिमान दुर्घटना हुदा ५२ जनाको ज्यान गयो जसमा बंगलादेशबाट डाक्टर बनेर फर्केका १२ बिद्यार्थीहरुको ज्यान पनि जान पुग्यो । नाम अगाडी डा. लेख्न नपाई स्व. लेख्नुको पीडाले परिवार र आफ़न्तमात्र होइन सबैको मन रुनु स्वाभाविक नै हो ।
मृयु त  सबैको असहज नै हुन्छ । जब लाउँ लाउँ र खाउँ खाउँ का उमेरका युवाहरुको अन्त्य हुन्छ त्यो ह्यदयबिदारक नै हुने गर्छ । यस्तैमा एक भावना अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ ।
थाहाँ छैन यो कसले लेखेको हो । तर, जसले लेखे पनि यसले ह्दय छोएकोले याँहाहरु समक्ष जस्तो रुपमा भेटियो त्यस्तै प्रस्तुत गरेका छौ ।
आमा म सेतो कोट लगाएर
 घरको आगनमा उभिन चाहन्थे
 तर, आज घरको आगनमा
 सेतो कपडामा बेरिएर लडेको छु
 सबै सेता रंगहरुले खुशी नदिदोरहेछ !
बुबा हजुरले मलाइ डाक्टर बनाउने सपना
 धेरै बर्षको मिहिनेतले पूरा त गरें
 त्यसैले भगवान यत्ति धेरै खुशी भएछन की
 हजुरलाई भन्दा बढी भगवानलाई भेट्न हतार भयो
 भगवानको घर जाने बाटो हाम्रै देश बाट रहेछ !
जमिन त ज्युदै टेकेको हु
 उत्रिएपछि हजुरको हुन सकिन
म बसेको सीट भन्दा अगाडी
 नेपाल हेर्न आएका केहि जोडी थिए
 उनीहरुलाई नेपाल यत्ति धेरै मन परेछ की
 अब उनीहरु फर्केर कहिल्यै जाने छैनन् !
मलाइ लिन बिमानस्थल पुगेका हजुरहरुका आँखाले
 मेरा बन्द आँखा मात्र देखे
 मैले त चाहेर पनि हेर्न पाइन
 सायद म हावा भए होला , महसुस मात्र भयो !