News Portal

  • बाबा, भगवानको घर जाने बाटो हाम्रै देशबाट रहेछ !- दुर्घटनापछिको एक ह्दयविदारक भावना

    इभक्तपुर संवाददाताभक्तपुर २९ फागुन
    १५१३ पटक
    भक्तपुर २९ फागुन

    सोमबार इतिहासकै दुखद बिमान दुर्घटना हुदा ५२ जनाको ज्यान गयो जसमा बंगलादेशबाट डाक्टर बनेर फर्केका १२ बिद्यार्थीहरुको ज्यान पनि जान पुग्यो । नाम अगाडी डा. लेख्न नपाई स्व. लेख्नुको पीडाले परिवार र आफ़न्तमात्र होइन सबैको मन रुनु स्वाभाविक नै हो ।
    मृयु त  सबैको असहज नै हुन्छ । जब लाउँ लाउँ र खाउँ खाउँ का उमेरका युवाहरुको अन्त्य हुन्छ त्यो ह्यदयबिदारक नै हुने गर्छ । यस्तैमा एक भावना अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ ।
    थाहाँ छैन यो कसले लेखेको हो । तर, जसले लेखे पनि यसले ह्दय छोएकोले याँहाहरु समक्ष जस्तो रुपमा भेटियो त्यस्तै प्रस्तुत गरेका छौ ।

    आमा म सेतो कोट लगाएर
    घरको आगनमा उभिन चाहन्थे
    तर, आज घरको आगनमा
    सेतो कपडामा बेरिएर लडेको छु
    सबै सेता रंगहरुले खुशी नदिदोरहेछ !

    बुबा हजुरले मलाइ डाक्टर बनाउने सपना
    धेरै बर्षको मिहिनेतले पूरा त गरें
    त्यसैले भगवान यत्ति धेरै खुशी भएछन की
    हजुरलाई भन्दा बढी भगवानलाई भेट्न हतार भयो
    भगवानको घर जाने बाटो हाम्रै देश बाट रहेछ !

    जमिन त ज्युदै टेकेको हु
    उत्रिएपछि हजुरको हुन सकिन

    म बसेको सीट भन्दा अगाडी
    नेपाल हेर्न आएका केहि जोडी थिए
    उनीहरुलाई नेपाल यत्ति धेरै मन परेछ की
    अब उनीहरु फर्केर कहिल्यै जाने छैनन् !

    मलाइ लिन बिमानस्थल पुगेका हजुरहरुका आँखाले
    मेरा बन्द आँखा मात्र देखे
    मैले त चाहेर पनि हेर्न पाइन
    सायद म हावा भए होला , महसुस मात्र भयो !

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...