News Portal

  • कहिल्यै देश नछाडेका किम जोंग उन किन पुगे चीन

    इभक्तपुर संवाददाताभक्तपुर, १३ चैत
    १३८१ पटक
    भक्तपुर, १३ चैत

    उत्तर कोरियाका शक्तिशाली शाशक किम जोंग उन चीन पुगेको खवर छ । जापानी मीडियाका अनुसार उन स्पेशल ट्रेन चढेर चीन पुगेका हुन् ।

    एक ट्रेन उत्तर कोरियाका वरिष्ठ अधिकारीहरु लाई लिएर  बेइजिङ्ग गएको र त्यसमा किम पनि भएको ब्लूमबर्ग मीडियाले दावी गरेको छ ।

    किमका बारेमा कहावत छ कि उनले जहिलेदेखि सत्ता सम्हाले तहिलेदेखि देश बाहिर कदम राखेका छैनन् । जापानी मीडियाको दावीलाई मान्ने हो भने यो चीन भ्रमण उनले किन गरे चासोको बिषय बनेको छ ।

    किम जोंग उनले ७ बर्ष अगाडी उत्तर कोरियाको शासन सत्ता सम्हाले यता उनको यो पहिलो विदेश यात्रा भएको छ र उनले किन चीन पस्नु पर्यो दुनिया चकित परेको छ ।

    त्यसो त चीनलाई उत्तर कोरियाको एक मात्र भरपर्दो मित्रराष्ट्र मानिन्छ । अहिले अमेरीका संगको मौखिक जंग भएपनि हकिकतमा के गर्ने भन्ने सल्लाह लिन उनी गएको चर्चा चलेको छ । चीनसंग परमाणु लगायत धेरै मुद्दामा छलफल पनि  हुन सक्छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप र किम जोंग एक-अर्कालाई खतम गरिदिने लगातार धम्कि दिदै आएका छन् । पछिल्लो समय ट्रंपले यहि महिना उत्तर कोरियाको भ्रमण गरेर सम्बन्ध सुधार्ने रणनीति लिएका छन् । यसैबीच भएको किमको चीन भ्रमणबाट उत्तर कोरियाको आगामी कार्यदिशा तय हुने अनुमान गरिएको छ ।

    यद्यपी अहिलेसम्म उनको चीन यात्रालाइ लिएर उत्तर कोरिया , चीन वा अमेरिकाको तर्फबाट कुनै पुष्टि वा धारणा बाहिर आएको भने छैन ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...