News Portal

  • विटु केसीको मायाको मात बजारमा

    इभक्तपुर संवाददाता
    ११२२ पटक

    विटु केसीद्वारा लिखित मुक्तक संग्रह ‘मायाको मात’ सार्वजनिक भएको छ । आज राजधानीको हार्दिक होटलमा एक कार्यक्रमका बीच ‘मायाको मात’ सार्वजनिक भएको हो ।

    प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति श्री विष्णु विभु घिमिरे रहेका उक्त कार्यक्रमको आयोजना नेपाल मुक्तक प्रतिष्ठानले गरेको हो ।

    कार्यक्रममा शरतचन्द्र वस्तीले शुभकामना मन्तव्य दिने क्रममा संग्रहको नाम मायाको मात अनि मुक्तक तीनओटै अक्षर म बाट सुरु भएको अत्यन्त सान्दर्भिक रहेको र बालकले जन्म लिएपछि पनि सबैभन्दा पहिला म कै उच्चारण गर्ने हुँदा म शब्द अत्यन्त लोकप्रिय र विशेष शब्दमा जोडिने जिकिर गर्दै यो मायाको मात मुक्तक संग्रहले पाठकको मन जित्ने विश्वास व्यक्त गरेका थिए ।

    प्रा. लक्ष्मणप्रसाद गौतम प्रमुख वक्ता रहेका उक्त कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...