News Portal

  • अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किमको सुरक्षा जिम्मा गोर्खाको काँधमा

    काठमाडौँ, २३ जेठ
    १३४४ पटक
    काठमाडौँ, २३ जेठ

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ्ग उनबीच अर्को साता सिङ्गापुरमा हुने ऐतिहासिक सम्मेलन क्षेत्रको सुरक्षा सिङ्गापुर प्रहरीमा कार्यरत गोर्खाहरूले सम्हाल्ने भएका छन् ।

    जेठ २९ गतेका लागि तय भएको सम्मेलनमा सहभागी हुन आउँदा दुबै नेताले आ–आफ्नै सुरक्षा दस्ता ल्याउने भए पनि सम्मेलन स्थल, सडक र होटलको सुरक्षा गोर्खाहरूले गर्ने त्यहाँको भिआईपी सुरक्षाका जानकार एक कुटनीतिज्ञलाई उद्धृत गर्दै रोयटर समाचार संस्थाले समाचार दिएको छ ।

    सिङ्गापुरमा धेरै कम मात्रामा देखिने गोरखालीहरू केही दिन अघि मात्रै भएको ‘साँग्रीला डायलग’ कार्यक्रममा समेत सुरक्षाका लागि तैनाथ भएका थिए । सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा अमेरिकी रक्षामन्त्री जेम्स माथीस र त्यस क्षेत्रका अन्य मन्त्रीहरू समेत उपस्थित थिए ।

    नेपालमा छनोट गरी सिङ्गापुर प्रहरीमा कार्यरत नेपाली गोरखाहरू बडी आर्मर तथा बेल्जियमा बनेको एफएन एससीएआर कम्व्याट एसल्ट राइफल, पिस्तोलसहित तैनाथ गरिने जनाइएको छ ।सबै आधुनिक हातहतियारले सुसज्जित भए पनि गोर्खाहरू भने आफ्नो साथमा खुकुरी नबोकी कुनै युद्धमा जाँदैनन् । त्यो धारिलो र ओजनदार खुकुरी सधैं उनीहरूको रोजाइमा पर्छ । सिङ्गापुरको इन्टरनेशनल इन्ष्ट्च्यिूट फर स्ट्याटिजिक स्ट्डिज सिङ्गापुरका आर्म फोर्स विज्ञ टिम हुक्स्ली भन्छन्, “उनीहरू सिङ्गापुरले उपलब्ध गराउन सक्ने उत्कृट दस्ता हुन ।”

    उनले भने, “गोर्खाहरु निकै उत्कृष्ट छन । उनीहरु अग्रपंक्तिमा रह्ने फौज हुन् र यस्ता विशेष कारवाहीका लागि गोरखाहरू तालिम प्राप्त छन् ।” तर सिङ्गापुर प्रहरीका प्रवक्ताले भने गोरखाको परिचालन र उनीहरूको संख्याका बारेमा बताउन चाहेनन् ।

    इन्टरनेशनल इन्ष्टिच्युट फर स्ट्याटिजिक स्टडीज सिङ्गापुरका अनुसार त्यहाँका छ वटा अर्ध सैनिक कम्पनीमा झण्डै १८ सय गोरखा कार्यरत रहेको अन्तरास्ट्रिय समाचार एजेन्सी रोयटरले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...