News Portal

  • भक्तपुरको इतिहास दर्शाउने दुई पुस्तक बजारमा

    नेपालवाल संवाददाताभक्तपुर, ३ असोज
    १८०३ पटक
    भक्तपुर, ३ असोज

    भक्तपुरको सूर्यविनायकस्थित एक पार्टी भेन्युमा आज एकैसाथ दुई पुस्तक सार्वजनिक गरिएको छ । भक्तपुरको इतिहास झल्काउने ‘अलकापुरी भक्तपुर’ र ‘भक्तपुर दरबारका मल्लकालीन भारदारहरु’ नामक दुई पुस्तक एकैसाथ सार्वजनिक गरिएको हो ।

    पत्रकारसमेत रहेका साहित्यकार एवं लेखक जितेन्द्र श्रेष्ठ ‘रसिक’ को आठौं कृति ‘अलकापुरी भक्तपुर’ र संस्कृतविद् ओम धौभडेलको भक्तपुर ‘दरबारका मल्लकालीन भारदारहरु’को आज एक बिशेष समारोहका बीच बिमोचन गरिएको थियो । पुरातत्व विभागका महानिर्देशक डा भेषनारायण दाहाल र साहित्यकार एवं संस्कृतकर्मी तेजेश्वरबाबु ग्वङ्ग लगायतले पुस्तक विमोचन गरेका थिए ।

    उक्त अवसरमा प्राज्ञ मात्रिका पोखरेल, प्राध्यापक डाक्टर भगवानचन्द्र ज्ञवाली, बरिष्ठ साहित्यकार माया ठकुरी लगायत साहित्य क्षेत्रका बिशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा बक्ताहरुले बिमोजित दुवै पुस्तकले भक्तपुरको प्राचिनता बोकेको बताउदै भक्तपुरको इतिहास बुझ्न खोज्नेहरुका लागि एेना सावित हुने दावी गरेका थिए ।

    स्वदेश प्रकाशन र भक्तपुर साहित्यिक समाजद्वारा संयुक्तरुपमा आयोजित पुस्तक बिमोचन कार्यक्रममा लेखक द्वय रसिक र धौभडेलले पुस्तकमार्फत भक्तपुरलाई चिनाउन प्रयास गरिएको बताए ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...