News Portal

  • भीएस निकेतनकी शिक्षक रन्जुको ‘प्रियसंगको यात्रा’ सार्वजनिक

    संजीप शुभचिन्तक काठमाडौं, ४ फागुन
    १६४० पटक
    काठमाडौं, ४ फागुन

    भीएस निकेतन स्कूलकी नेपाली विभाग प्रमुख समेत रहेकी साहित्यकार रन्जु दाहालले प्रियसंगको यात्रा’ नामक नियात्रा संग्रह बजारमा ल्याएकी छन् । शनिवार एक कार्यक्रमका बीच उनको पहिलो नियात्रा संग्रह सार्वजनिक भएको हो ।

    नियात्रा विधाका जनक बरिस्ठ साहित्यकार डा ताना शर्मा,प्राडा निर्मोही ब्यास लगायतले रन्जुको प्रियसंगको यात्रा’सार्वजनिक गरेका हुन् ।

    प्रमुख अतिथि समेत रहेका डा ताना शर्माले नयाँ पुस्ताले नियात्रा विधामा कलम चलाउदा आफूलाई आनन्द आउने बताउदै रंजुलाई सफलताको शुभकामना दिएका थिए भने उनले आफ्नो नियात्रा लेखनको शुरुवाती दिनहरुको बारेमा छचल्किएका भावनाहरु अभिव्यक्त समेत गरे ।

    डा निर्मोही ब्यासले रन्जु आफ्नो विद्यार्थी समेत भएको प्रसंग कोट्याउदै आफूले देखेको चन्चले किसोरीले यतिबेला उच्च कोटीको किताव निकालेको देख्दा हर्षविभोर भएको भन्दै प्रेमीसँगको यात्रा नियात्राप्रेमीहरुले एकपटक पढ्नैपर्ने पुस्तक भएको दावी गरे ।

    कार्यक्रममा पुस्कतक समिक्षा गर्दै समालोचक डा महेश पौडेलले यात्रा लेखन सजिलो जस्तो देखिए पनि नियात्रामा पाठकलाई समेत आफै संग यात्रा गराउनुपर्ने चुनौतीमा रन्जु खरो उत्रिएको बताउदै उनको लेखन शिल्पीको प्रशंसा गरेका थिए । ‘प्रियसँगको यात्रा रन्जुको पहिलो कृति भएता पनि परिपक्व कृति नेपाली साहित्य जगत्मा आएको छ । कृतिका लागि तीन भूमिका लेखाईएको रहेछ तर यो आफैमा यत्ति ससक्त छ कि भूमिकाको आवश्यकता नै पर्दैन ।” समालोचक पौडेलले प्रष्ट पारे ।

    प्रियसंगको यात्रा’ बारे बोल्दै नियात्राकार रन्जु दाहालले आफूले किसोर बयमा बोकेको यात्रा अहिले आएर जन्मिएको खुलासा गर्दै एउटी आमालाई आफ्नो सन्तान जन्मदाको खुशी आफूमा यतिबेला समाहित भएको बताइन् । उनले आम पाठकबाट आफ्नो प्रियसंगको यात्रा’लाई स्नेह र वात्सल्य प्राप्त हुने विश्वाससमेत व्यक्त गरिन् ।

    भीएस निकेतन स्कूलकी प्राचार्यको अध्यक्षतामा संचालित पुस्तक सार्वाजनिकरण कार्यक्रममा पूर्वमन्त्री होमनाथ दाहाल, पूर्व सांसद रामहरी खतिवडा, उप प्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली, डा नवराज लम्साल , रिसवदेव घिमिरे लगायतले शुभकामना मन्तब्य राखेका थिए भने उक्त समारोहमा साहित्यकारहरु, शिक्षक र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको रमेश दाहालले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...