News Portal

  • जित्न पर्ने दबाबमा रहेको नेपाललाई ८४ रनको लक्ष  

    भक्तपुर, ८ साउन
    १३९४ पटक
    भक्तपुर, ८ साउन

    टी-२० वर्ल्डकप एसिया फाइनलमा नेपाललाई जितको लागि ८४ रन को लक्ष्य मिलेको छ । मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएको हो ।

    टस जितेर नेपालले फिल्डिङ रोजेको थियो। टस हुनु अगाडि नै लगातार वर्षा भएपछि खेल ढिला गरी सुरु भएको छ भने खेल ९ ओभरमा झारिएको थियो ।

    ब्याटिङको निम्तो पाएको मलेसियाले पहिलो ओभरमा नै दुई विकेट गुमाएको थियो । तर, मलेसियाका मध्यक्रमका ब्याट्सम्यानले समालिएर खेलेपछि उच्च स्कोर बनाएको हो ।

    नेपाललाई जित्न पर्ने दबाब 

    पहिलो खेलमा हारे पछि अब नेपालले विश्वकप ग्लोबल छनौटमा छनौट हुन बाँकी ३ खेलमा जित्नु पर्ने दबाब बढेको छ। बाँकी ३ खेलमा नेपाल जितेमा नेपालको सम्भावना प्रवल हुनेछ। सबै खेल जितेको खण्डमा र अन्य कुनै एउटा टिमले पनि ३ खेलमा जित हात पारे नेट रनरेटको आधारमा उत्कृस्ट टिम चयन हुनसक्ने छ ।

    पहिलो खेलमा नेपाल कतारसंग पराजित भएको हुँदा आजको खेलमा जित्दै २ अंक प्राप्त गर्नु नेपालको लागि टि-२० विश्वप ग्लोबल छनौट पुग्न महत्वपूर्ण रहेको छ। मलेसियाले यस अघि आफ्नो पहिलो खेलमा कुवेतलाई पराजित गरिसकेको छ।

    नेपालले अब जुलाई २४ मा मलेसियासंग, जुलाई २७ मा कुवेतसंग र जुलाई २८ मा सिंगापुरसंग खेल्नेछ।

    अपडेट : ढाडको नसा च्यापीएको कारण घाइते बनेपछि पारस खड्काले आजको खेल खेलेका छैनन् । ज्ञानेन्द्र मल्ल कप्तान रहेका छन ।
    कप्तानी इनिङ खेलेका मल्लले २१ बलमा ३ छक्का र ५ चौकाको मद्धतले ५१ रन बनाए ।

    नेपालले टी–२० मा बनाएको फास्टेस्ट फिफ्टीको कीर्तिमान पनि मल्लले राखेका छन् ।

    नेपालले ८४ रनको लक्ष्य पूरा गर्न नजिक पुगेको छ ।

    अपडेट : टी-२० वर्ल्डकप एसिया फाइनलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ ।

    यो अपडेट पढ्नुस्

    मलेसियाविरुद्ध शानदार जीत : ज्ञानेन्द्रको अर्धशतकसहित ८ विकेटले खेल नेपालको पक्षमा

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...