News Portal

  • बिबाहको रमाइलो हेरिरहेका ५० बढीको मृत्यु

    भक्तपुर, १ भदौ
    ९२० पटक
    भक्तपुर, १ भदौ

    अफगानिस्तानको राजधानी काबुलमा एक बिबाह समारोह हुँदै गर्दा बम विष्फोट भएपछि ५० बढी मानिसको मृत्यु भएको छ । शनिबार राति करिव पौने ११ बजेको समयमा बम बिस्फोट हुँदा उक्त हताहती भएको हो ।

    विवाह चलिरहेको हलमा आत्मघाती बम बिष्फोट गरिएको स्थानीय संचारमाध्यमले जनाएका छन् । १ सय ५० बढी मानिस घटनामा परि घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको बताइएको छ ।

    स्थानीय संचारमाध्यमले प्रत्यक्षदर्शीको हवाला दिंदै भनेको छ कि शेर-ए-दुबई वेडिंग हलमा ठूलो धमाका भयो । जब उनीहरु बाहिर आए धुआंको मुस्लो निस्किरहेको थियो र लाश यत्रतत्र छरिएको थियो । धेरै मानिस घायल अवस्थामा रोइरहेका थिए।

    घटनाको जिम्मेवारी कसैले लिएको छैन । उक्त इलाकामा अल्पसंख्यक शिया हजारा मुसलमानको बाहुल्य रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...