News Portal

  • विष्णुका अवतारबारे बोल्दै मन्त्री पोखरेलले औल्याए सास्कृतिक आन्दोलनको आवश्यकता

    भक्तपुर, ११ असोज
    १९८६ पटक
    भक्तपुर, ११ असोज

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले देशमा सास्कृतिक आन्दोलन आवश्यक रहेको बताएका छन् । देशमा पटक पटक राजनीतिक आन्दोलन सफल भएपनि ससक्त सास्कृतिक आन्दोलन हुन नसकेकोमा मन्त्री पोखरेलले दु:ख व्यक्त गरे ।

    शनिवार सानोठिमीमा प्रगतिशील लेखक एवं कथाकार रोहित दहालद्वारा लिखित पुस्तक ‘विष्णुका अवतार-मार्क्सबादी विश्लेषण’ को बिमोचन गर्दै मन्त्री पोखरेलले पुस्तकले सास्कृतिक क्रान्तिको बहस थालेको बताए । धर्मका ठेकेदारहरुले मिथकको प्रयोग गरेर पूर्वीय दर्शनलाई पछाडि पारेको भन्दै मन्त्री पोखरेलले लेखक दहालको पुस्तकले बहसको प्रारम्भ गरेको बताएका थिए ।

    मार्क्सबाद विज्ञानको पनि विज्ञान भएको भनेका पोखरेलले मार्क्सबाद बिनाको शिक्षा बैज्ञानिक बन्न नसक्नेमा जोड दिए । उक्त अवसरमा शिक्षा मन्त्री पोखरेलले शिक्षा विज्ञानसंग जोड्न आफू लागिपरेको जिकिर गर्दै पूजा र मन्त्रले पछाडि पारेको योग र आयुर्वेदलाई बिकाश गर्न सरकारले योगमाया विश्वविद्यालय स्थापनाको तयारी गरेको खुलासा गरे ।

    कार्यक्रममा मन्त्री पोखरेलले अहिलेका बालबालिकाहरु इन्टरनेट र टिभीमा रम्ने र त्यहाँबाट देखाइने काल्पनिक कथाले उनीहरुको बालमनोविज्ञानलाई रुढीबादी बनाउने खतरा प्रति चिन्ता व्यक्त गरे । उनले बैज्ञानिक चेत सहितका बाल कार्यक्रमको आवश्यकता औल्याउदै बालबालिकामा पठन सस्कृति बढाउनुपर्ने समेत बताए ।

    पुस्तक बिमोचन कार्यक्रममा प्रगतिशील लेखक एवं कथाकार रोहित दहालद्वारा लिखित पुस्तक ‘विष्णुका अवतार-मार्क्सबादी विश्लेषण’ माथि टिप्पणी गर्दै नेकपा भक्तपुरका सचिव समेत रहेका प्रगतिशील लेखक डीपी ढकालले पुस्तक भौतिकबादी धारबाट लेखिएकोले विष्णुका अवतारलाई लेखकले बडो मिहिनेतका साथ भौतिकबादसंग जोडेर व्याख्या गरेको बताए ।

    मनुले धर्ममा आलोचना गर्ने नास्तिकलाई देश निकाला गर्ने सिफारिस गरेको प्रसंग उल्लेख गर्दै ढकालले आलोचना बन्देज हुँदा धर्मले प्रगती गर्न नसकेको बताए । बैज्ञानिक तर्कहरु दिंदै विष्णुका अवतार बारेका रुढीबादी भ्रम खारेज गर्ने प्रयास गरेको भन्दै ढकालले लेखकको प्रसंशा समेत गरे । खोज र तथ्यहरुमा अझै घोत्लिएको भए पुस्तक थप विश्वसनीय बन्न सक्ने अवस्था रहेको औल्याउदै टिप्पणीकार ढकालले आगामी दिनमा थप पुस्टि सहितको परिमार्जित सस्करणका लागि लेखकलाई शुभकामना पनि दिएका थिए ।

    उक्त अवसरमा अर्का टिप्पणीकार रहेका प्रगतिशील साहित्यकार एवं अधिवक्ता मनोहर लामिछानेले लेखकले धर्मको नाममा व्याख्या गरिएका विष्णुका अवतारमाथि निर्मम आलोचना गरेको बताए । लेखकले विष्णुका अवतारलाई मानव सभ्यताको विकाशक्रम संग जोडेर तथ्यपूर्ण कृती तयार पारेको उनको भनाइ छ ।

    नेपाल बुद्धिजीवी परिषदको आयोजनामा भएको उक्त कार्यक्रमको अध्यक्षता प्राध्यापक उमेश लम्सालले गरेका थिए । कार्यक्रममा लेखक दहालले सस्कृतीलाई अन्धविस्वास बाट अलग गरेर बैज्ञानिक ढंगले अंगाल्नुपर्ने आवश्यकता औल्याउदै आफ्नो पुस्तक त्यसको लागि उपयुक्त औजार बन्न सक्ने विस्वास व्यक्त गरे ।

    शनिवार विमोजित लेखक दहालको पुस्तक ‘विष्णुका अवतार-मार्क्सबादी विश्लेषण’ उनको पाचौ कृती हो । लेखकले यस अघि इस्पातले बनेका मान्छेहरु, पैतालाले थिचेको देवता लगायत पुस्तक प्रकाशन गरिसकेका छन् । ग्रामिण विकाश र अर्थशास्त्रमा स्नातकोत्तर गरेका दुवाकोट निवासी लेखक दहाल सिटिइभिटिका कर्मचारी समेत हुन ।

    दुई खण्डमा विभाजित ‘विष्णुका अवतार-मार्क्सबादी विश्लेषण’ ९० पृष्ठको छ । यसको बजार मूल्य २ सय ५० रुपियाँ रहेको प्रकाशक खेमनाथ खतिवडाले बताए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...