News Portal

  • ज्वालामुखी विस्फोटमा परेर १८ जनाले ज्यान गुमाए

    भक्तपुर, २ पुस
    ६९४ पटक
    भक्तपुर, २ पुस

    न्युजिल्याण्डको ह्वाइट टापुमा मंसिर २३ गते ज्वालामुखी विस्फोट भएको थियो । सो विस्फोटमा परेर हाल सम्म १८ जनाले ज्यान गुमाई सकेको छ ।

    मंगलबार सबै पीडितको पहिचान भएको स्थानीय अधिकारीले जानकारी दिए । हराएका दुई व्यक्तिलाई मृत घोषणा गरिएको उनले बताए । प्रहरीले १७ जनाको नाम सार्वजनिक गरेको रिर्पोट छ । तर अष्ट्रेलियाको अस्पतालमा ज्यान गुमाएका एक व्यक्तिको पहिचान खुल्न सकेको छैन।

    विस्फोटमा हराएका दुई व्यक्तिमध्ये एक १७ वर्षीय अस्ट्रेलियाका नागरिक विनोना लैंगफोर्ड र ४० वर्षीय स्थानीय टुर गाइड हेडन मार्सल इनमैन रहेका छन् ।

    प्रहरीको टिमले इगल हेलिकप्टरको सहयोगमा मंगलबार ती दुई व्यक्तिलाई खोज्न तंगुवाका खाडीमा खोजी अभियान जारी गरेको छ । पहिचान गरिएका १७ जनामध्ये २ न्युजिल्याण्डका, १२ अष्ट्रेलिका र अन्य ३ अमेरिकी नागरिक रहेको प्रहरीले जनाएको छ ।

    अहिले न्युजिल्याण्डको अस्पतालमा भर्ना भएका करिब १४ व्यक्ति गम्भीर रुपमा जलेका छन् । अन्य १२ जना अस्ट्रेलियामा मृत्युसँग लडिरहेका छन् । विस्फोट भएको समयमा सो ठाउँमा ४७ जना मानिस थिए । तीमध्ये २४ अष्ट्रेलियाका, ९ अमेरिकी, ५ न्युजिल्याण्ड, ४ जर्मनी, २ ब्रिटेन र अन्य २ चिनियाँ र १ मलेसियाका नागरिक थिए ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...