News Portal

  • नेपालमा सहयोग गर्न शक्ति राष्ट्रबीच प्रतिस्पर्धा : चीनले बाइक दिंदा अमेरिकाले दियो हेलिकप्टर

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, ३ पुस
    ८२६ पटक
    भक्तपुर, ३ पुस

    नेपालका सुरक्षा निकायलाई सहयोग गर्ने विषयमा शक्ति राष्ट्रहरुबीच प्रतिस्पर्धा नै चलेको छ । चीनले मंगलबार मात्र मोटरसाइकल हस्तान्तरण गरेको समाचार सार्वजनिक भैरहदा शक्ति राष्ट्र अमेरिकाले स्काई ट्रक (हेलिकप्टर)नै सहयोग गरेको छ ।

    चीनले महानगरीय प्रहरी कार्यालयलाई २३ वटा मोटरसाइकल हस्तान्तरण गरेको थियो । गजबको कुरा त के भने ती सबै मोटरसाइकल भारतीय कम्पनीका थिए । चीनको नेपालस्थित दुतावासले उक्त सहयोग गरेको थियो । चीनले मोटरसाइकल सहयोग गरे लगत्तै अमेरिकाले नेपाली सेनालाई स्काई ट्रक (हेलिकप्टर) सहयोग गरेको छ । यद्यपी यो सहयोग पहिले नै घोषित भएको अमेरीकी दुतावासको भनाइ छ ।

    अमेरिकाले नेपाली सेनालाई दुई थान नयाँ एम२८ स्काई ट्रक हस्तान्तरण गरेको तस्विर काठमाडौं स्थित अमेरिकि दुतावासको आधिकारिक फेसबुक पेजमा पोष्ट गरिएको छ । पोस्टमा नेपाली सेनालाई दुई थान नयाँ एम२८ स्काईट्रक सफलतापूर्वक हस्तान्तरण गरेको घोषणा गर्न पाउँदा आफूहरु अत्यन्तै हर्षित भएको भनिएको छ ।

    यो नेपालकै इतिहासमा सुरक्षा क्षेत्रको सबैभन्दा ठूलो (झन्डै १ करोड ५० लाख डलर) अनुदानमध्येको पहिलो भाग हो भएको र छोटो समयमा उड्न र अवतरण गर्नसक्ने क्षमता सहितको विमान स्काईट्रक नेपालको भूगोलका निम्ति सबैभन्दा उपयुक्त हवाईजहाजमध्ये एक भएको अमेरिकी दुतावासको भनाइ छ । यसले नेपाली सेनाका लागि विमानलाई प्रिपोजिसनमा राख्‍ने महत्त्वपूर्ण क्षमतालाई सहज बनाउँदै नेपालको मानवीय सहायता तथा विपद् प्रतिकार्य सञ्‍चालन क्षमतामा व्यापक रूपान्तरण ल्याउने र नेपालको दीर्घकालीन दिगोपन, सुरक्षा र उत्थानशीलतालाई सशक्त बनाउनका लागि दुई देशबिचको सहकार्य र निकट साझेदारी अझै बलियो बनाउने अमेरिकाले विश्वास लिएको बताइएको छ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...