News Portal

  • स्विप अपरेसनमा १२२ चिनियाँ नागरिक पक्राउ

    भक्तपुर, ८ पुस
    ५९६ पटक
    भक्तपुर, ८ पुस

    सोमबार प्रहरीले चलाइएको स्विप अपरेसनमा मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठबाट १२२ जना पक्राउ परेका छन् । पक्राउमा पर्नेमा चिनियाँ नागरिक रहेका छन् ।

    गृहमन्त्री रामबहादुर थापा ‘बादल’को चीन भ्रमणमा जाँदै छन् । उनको भ्रमणको पूर्वसन्ध्यामा नेपाल प्रहरीले विदेशी नागरिकविरुद्ध चलाएको हालसम्मकै ठूलो अपरेसन हो ‘स्विप अपरेसन’ ।

    नेपालमा बसेका चिनियाँ नागरिकविरुद्ध प्रहरीले चिनियाँ सुरक्षा अधिकारी र नेपालस्थित चिनियाँ दूतावासको सूचनाको आधारमा ‘स्विप अपरेसन’ चलाएको हो ।

    स्विप अपरेसनमा समातिएका चिनियाँ नागरिकले अंग्रेजी भाषा नबोलेका कारण बयान लिन कठिनाइ भएको प्रहरीले जनाएको छ ।

    अनुसन्धान अधिकृतले भाषा अनुवादक बोलाएर सोधपुछ गर्ने काम भइरहेको बताएका छन् । ‘उनीहरुले नेपाललाई हानि पुर्‍याउने गरी काम गरेको देखिँदैन’, उनले भने, ‘तर, चीनतर्फ भने अपराध गरिरहेको देखिएको छ ।’

    ती अधिकारीले भने, ‘यो दुई देशबीच भएको ठूलो सुरक्षा समन्वय हो । नेपालमा अपराध गरेर चीनमा लुक्नेलाई ल्याउन पनि यसले सहयोग गर्नेछ ।’

    गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार बादलको चीन भ्रमणसम्बन्धी प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा पेस गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...