बहुप्रतिक्षित भक्तपुर सम्बन्धी विशेष गीत सार्वजनिक भएको छ । ‘नेपाली शिरको कालो टोपी भक्तपुर’ बोलको यो विशेष गीत शनिबार सार्वजनिक भएको हो ।
रागरागिनी इन्टरटेन्मेन्टको आयोजनामा शनिबार वरिष्ठ गायक प्रेमध्वज प्रधान लगायतले गीतको अडियो भिडियो सार्वजनिक गरेका थिए । नेपाल भ्रमण वर्षको लागि भक्तपुरको कला,भाषा, सस्कृती र सम्पदा लगायतको प्रचारप्रसारमा सहयोगी सिद्ध हुने दावी गरिएको यो गीत युट्युबमार्फत हेर्न सकिन्छ ।
भक्तपुरलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न बनेको भनिएको यस गीतको भिडियोमा भक्तपुरबाट राष्ट्रियस्तरमा योगदान दिन सफल व्यक्तित्वहरु, विभिन्न जनप्रतिनिधि, कलाकार, साहित्यकार, संस्कृतिविद् तथा राजनीतिक व्यक्तित्वहरुले अभिनय गरेका छन् । भक्तपुरका कतिपय आइकनहरुलाई चाहँदा चाहदै पनि अभिनयमा समेट्न नसकिएको निर्माण पक्षको दुखेसो छ ।
के छैन र भक्तपुरमा तिमीले खोजेको, त्यही भएर भक्तपुर संसारले रोजेको भन्दै शब्द शब्दमा भक्तपुरको बिशेषता झल्काउन गीतकार कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ले भरपुर प्रयास गरेका छन् । बीबी अनुरागीले संगीत भरेको गीत गायक कपिल कसपालको जीवन्त स्वरले सुसज्जित रहेको छ ।
यस गीतको भिडियो निर्देशन भने गम्भीर बिष्टले गरेका छन् । उनलाई कोरियोग्राफीमा सुबोल थापा र सिनेमाटोग्राफीमा नवराज उप्रेतीले साथ् दिएका छन् । ५ दर्जन भन्दा बढी नृत्य कलाकारहरुलाई एकसाथ नचाइएको गीतामा भक्तपुरका सम्पुर्ण भेषभुषा ,परम्परा ,रितिरिवाज लाई एउटै फ्रेम भित्र अटाउने प्रयास गरिएको छ । भक्तपुर सम्बन्धी विशेष गीतलाई बिश्वभरीका पर्यटन बजारमा पठाउन सकियोस र पर्यटकलाई सजिलै भक्तपुरप्रती आकर्षित गर्न सकियोस भन्ने उदेश्यले गीतको भिडियोमा शब्दलाई अंग्रेज़ीमा स्क्रोल्लिंग गरेर देखाइने व्यवस्था मिलाइएको गायक कपिल कसपालको भनाइ छ । गीतलाई सक्दो शेयर गरी धेरै मानिसहरु समक्ष पुर्याउन पनि गीत सम्बद्ध पक्षले अनुरोध गरेको छ ।
हेर्नुस् गीत